विश्व क्यान्सर दिवसका अबसरमा बिरामीलाई फलफूल बितरण

स्वास्थ्यसमाचार /विश्व क्यान्सर दिवसका अबसरमा बिरामीलाई फलफूल बितरण गरेको छ ।बुटबलको सिभिल मेडिकलहल बिगत ३ बर्षदेखी उपचारत ५१ जना सहित ८० जना बिरामीलाई फलफुल बितरण गरिएको हो ।

सिभिल मेडिकलका संञ्चालक नारायण भन्डारीले बिगत ३ बर्षदेखी उपचाररत बिरामी सहित ८० जनालाई फलफुल बितरण गरिएको बताउनु भयो । सिभिल मेडिकलमा बिगत लामो समय देखी भरतपुर क्यान्सर अस्पतालका डा जयराम अधिकारीले सेवा दिनु भएको बताउनु भयो।

फलफुल बितरणकार्यक्रममा बोल्दै डा अधिकारीले सुरुमा रोग पत्तालागे क्यान्सर पुर्ण निको पार्न सकिने बताउनु भयो ।उहाले पोषक आहारा, ब्यायाम सबैले गर्नु पर्ने बताउनु भयो।सिभिल मेडिकलहलमा प्रतेक महिनाको तेश्रो साता भरतपुर क्यान्सर अस्पतालबाट डा जयराम अधिकारी आउने भन्डारीले बताउनु भयो।

सम्बन्धित शिर्षक :