सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन लागु गर्न दवाव सृजना गर्ने

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ र उक्त ऐन अन्तर्गत रहेर स्थानीय सरकारले निर्माण गरेका निति नियमको प्रभावकारी कार्यान्वयन का लागि रुपन्देही जिल्लाका १६ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

प्राणघातक प्रकृतिको क्यान्सर रोग आज सम्पुर्ण विश्व, हाम्रो देश र समाजको लागि समेत ठूलो चुनौती भएको बेला स्थानीय तहका सरकार र सरकारी निकायले गम्भीर भएर उक्त ऐन, नीति तथा निर्देशन कडाइका साथ लागू गर्न सकेको खण्डमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउने क्यान्सर रोगको रोकथाम र नियन्त्रण हुनसक्ने भएकाले स्थानीय सरकारलाई दायित्वबोध गराउन ध्यानाकर्षण मार्फत दबाब दिन खोजिएको संस्थाका सचिव प्रजापाल गिरीले बताउनु भयो।

यस अघि संस्थाले जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाईसकेको छ । स्थानीय पालिका हरुले दृढ इच्छाशक्ति राखेर आफ्ना कार्यक्रमहरु अगाडि बढाउने हो भने यसमा नागरिक समाजको व्यापक समर्थन रहने भएकाले सुर्तीजन्य पदार्थ मुक्त जिल्ला निर्माण गर्न सकिने कुरा संस्थाका सल्लाहकार निर्मल प्रसाद लाकौल र मधुसूदन गैह्रेले बताउनु भयो ।

संस्थाका सभापति खिम बहादुर हमालको सभापतित्वमा भएको बैठकमा कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य, सहसचिव बाबुराम बि.क., सदस्य हरिप्रसाद अर्याल, उमादेवी थापा, इन्दिरा पाण्डे र रमेशकुमार पराजुलीले आआफ्नो धारणा राख्नुभएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :