लुम्बिनी प्रदेश सरकार स्थापना दिवस : चिकित्सक सहित ६१ विभूषित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस बुधबार मनाएको छ। राप्ती गाउँपालिका– ३ सिरिचौर, दाङमा औपचारिक समारोह आयोजना गरेर सरकारले स्थापना दिवस मनाएको हो।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा चिकित्सक सहित विभिन्न ६१ जनालाई विभूषित गरिएको छ। मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ। डाक्टर किदवाईलाई नेपालमै धेरै जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको भन्दै विभूषित गरेको छ ।

त्यसगरी पाण्डेलाई तराइका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्वन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्वन्धमा अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याएको भन्दै विभूषित गरिएको हो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :