ग्यास सिलिन्डर बिस्फोट हुदा सांसद भण्डारी र उनकी आमा घाईते

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुदै

स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको काठमाण्डौ स्थित निवासमा ग्यास सिलिन्डर बिस्फोट भएको छ ।

गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद भण्डारीको निवास बुद्धनगरमा ग्यास सिलिन्डर बिस्फोट हुदा भण्डारी र उनमी आमाको शरिरमा जलेर क्षती पुगेको भण्डारीको स्वकिय सचिव भुवन भुषालले सामाजिक संजाल फेसवुकबाट जानकारी दिएका छन् ।

भण्डारी र उनकी आमा दुवैको अहिले कर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । उपचारमा सम्लग्न डाक्टरका अनुसार भण्डारीको शरिरको करिव २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशतको हाराहारीमा असर गरेको छ ।

थप विवरण आउन भने बाँकी छ ।

सम्बन्धित शिर्षक :