राष्ट्रपति भण्डारीद्वारा केन्द्रिय आयुर्वेद शिक्षण अस्पताल उद्घाटन

स्वास्थ्यसमाचार/ राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले एक कार्यक्रमका बिचमा उद्घाटन गरेकी हुन ।

हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भए पनि औपचारिक उदघाटन भने भएको थिएन ।
त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बवताईन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले यस विश्वविद्यालयको विकास र विस्तारका लागि आफू लागिपर्ने वताए।

सो कार्यक्रममा विश्वविद्यालयका उपकूलपति प्रा डा यादवप्रसाद लामिछाने र कुलसचिव माधव अधिकारी र शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले विश्वविद्यालयका बारेमा जानकारी गराएका थिए। । आयुर्वेदमा स्नातक बिएएमएस अध्ययनका लागि सो भवन निर्माण भएको हो ।

तीनतल्ले उक्त भवनमा एक सय आठ कोठा रहेका छन् । सोही भवनमा कोरोनाको समयमा लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पताल पनि सञ्चालन गरेको थियो ।

सम्बन्धित शिर्षक :