लुम्बिनी आयुर्वेद चिकित्सालयमा नवनियुक्त पदाधिकारीको पदस्थापन

स्वास्थ्य समाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयमा सातौ बिश्व योग दिबस तथा अस्पताल बिकास समितिका नवनियुक्त पदाधिकारीहरुलाइ स्वागत तथा पदस्थापना गरिएको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पहिले बिश्वास गर्दे आएको आयुर्वेद चिकित्सामा बिरामीको आकषर्ण कमहुदा कोरोना महामारीमा यो पद्धतिको आबश्यक अनुसारको उपचार नभएको बताए।उनले के कारणले कम भयो कारण खोज्ुपर्ने बताएका छन ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सचिब डा बिकास देबकोटाले आयुर्वेद चिकित्सालाई सरकारले प्राथामिकता दिएर निति कार्यक्रम बनाएको बताए ।प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बजेट अभाब हुन नदिने बताए । बुटबल उपमहानगरपालिका मेयर शिब सुबेदीले आबश्यक सहयोग गर्न स्थानिय सरकार तयार रहेको बताएको ।

सोहि अबसरमा अस्पताल बिकास समितिका अध्यक्ष शिब ज्ञाबली र दुर्गा आर्चायलाई पदस्थापना गराईएको छ । सोहि अबसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष शिब ज्ञाबली बिरामीको बिश्वास जित्दै सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता जाहेर गरे ।

उनले भौतिक तथा ब्यबस्थापकिय पक्षलाई सृदृढिकरण लागी सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राई औषधी ब्यबसायी संघका पुर्ब अध्यक्ष बाबुराम भट्राई लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा नलिन नाथ तिबारी, बरिष्ठ कबिराज नरहरी अर्याल लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा सातौ बिश्व योग दिबस पनि मनाईएको आयुर्वेद चिकित्सालएका कबिराज बिस्नुहरि आर्चायले बताए ।

सम्बन्धित शिर्षक :