लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरङ्ग फार्मेसी सेवा सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ । अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै आजदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुवात गरेको हो ।

एक समारोहका बीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए । लुम्बिनी प्रदेशिक अस्पतालका फार्मेसी अधिकृत पदम खनालले अस्पताल भित्र फार्मेसी संचालन गर्दा विरामी औषधी खरिदको लागि अन्यत्र जाने झन्झट हट्ने र सस्तो मुल्यमा औषधी पाउने दावी गरे । उदघाटन समारोहमा अस्पताल बिकास समिति सदस्य रिज्यु श्रेष्ठ नर्सिड ईर्चाज ज्योति पौडल लगाएतको सहभागी रहेको थियो ।

सम्बन्धित शिर्षक :