रुपन्देहीमा १ सय ५१को पीसीआर गर्दा १९ जनामा कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ रुपन्देहीमा सक्रिय कोरोना संक्रमितको संख्या लगातार ओरालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्कमा रुपन्देहीमा बिहीबारसम्म पाँच सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । दुई हप्ता अघिसम्म दुई हजारभन्दा धेरै रहेका सक्रिय संक्रमितको संख्या लगाता घटिरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार जिल्लामा थपिने संक्रमितको संख्या पनि घट्दो छ । पछिल्लो २४ घण्टामा जिल्लामा १९ जना संक्रमित थपिएको बताए। । एक सय ५१ जनाको आरटी पीसीआर परिक्षण गर्दा १९ जनामा पोजिटिभ देखिएको कार्यालयले जनाएको छ । हिजो बुधबार जिल्लमा २२ जना संक्रमित देखिएका थिए । पछिल्लो १० दिनमा जिल्लामा थपिने संक्रमितको संख्या प्रतिदिन एक सय भन्दा थोरै छ ।

त्यस्तै कार्यालयले पछिल्लो पटक कोही पनि संक्रमितको ज्यान नगएको जानकारी दिएको छ । दोस्रो महामारी सुरु भएपछि कोही संक्रमितले ज्यान नगुमाएको यो दोस्रो पटक हो ।अब जिल्लामा कुल संक्रमित मध्ये दुई प्रतिशतमात्रै सक्रिय संक्रमित रहेको र त्यती नै जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।

सम्बन्धित शिर्षक :