तिलोत्तमाको बजेट १ अर्ब ९८ करोड ७६ लाख स्वास्थ्यमा १९ करोड

सुत्केरी भत्ता थपियो १५ सय बाट २५ सय पुग्यो

स्वास्थ्यसमाचार/ “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर ः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने नारालाई निरन्तरता दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि १ अर्व ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार नगरसभामा आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी देवी चौधरीले दोस्रो लहरको कोरोना महामारीको कारण विश्वभर देखा परेको संकट र अर्थतन्त्रमा पारेको असहज अवस्थामा बजेट ल्याउनु पर्दा नगरबासीहरुको बिकासको ब्यग्र चाहनालाई पुर्ण रुपमा समेटन नसकेको बताईन ।

उनले वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई नेपाल सरकारले उपलब्ध गराएको सुविधाको अतिरिक्त प्रोत्साहन स्वरुप एक हजार रुपैयाका दरले भत्ता उपलब्ध गराउने गरी समग्र स्वास्थ्य क्षेत्रका लागि १९ करोड ४९ लाख ८० हजार,बिनियो जन गरेकि छन ।

चालुतर्फे जम्मा रु. ९० करोड २० लाख ४३ हजार रुपैया (५१.१० प्रतिशत ) र पूजीगततर्फ रु. ८६ करोड ५५ लाख ८५ हजार ५ सय ७४ रुपैया (४८.९० प्रतिशत) खर्च प्रस्ताव गरिएको छ । त्यसमा सामाजिक सूरक्षा तर्फको २२ करोड समावेस नगरिएको नगरपालिकाको बजेट पुस्तिकामा उल्लेख छ ।

यसबर्ष तिलोत्तमाले आन्तरिक राजश्वतर्फ ४४ करोड १ लाख ९ हजार २ सय ८७ रुपैया, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ५० करोड ७५ लाख १९ हजार २ सय ८७ रुपैया, लागत सहभागिताबाट ४ करोड प्राप्त हुने लक्ष्य लिइएको जनाएको छ ।

गत आर्थिक बर्ष तिलोत्तमा नगरपालिकाले चालुतर्फ ७५ करोड १ लाख २१ हजार ५ सय ६० र पूजिगत तर्फ रु. १ अर्व १२ करोड २५ लाख ५१ हजार गरी रु.१ अर्व ८९ करोड ६ लाख ७२ हजार ५ सय ६४ को बजेट प्रस्तुत गरेको थियो ।

चौधरीले नगरपालिकाले अगाडी सारेको “समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर : सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर“ सहितको दुरदृष्टि र नगरबासीलाई सर्वसुलभ, भरपर्दो, गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराई नगरवासीहरुको जीवनस्तरमा क्रमिक सुधार ल्याउन तय गरिएको गन्तव्य लाई मूर्तरुप दिन नगर सरकार कटिवद्ध रहेको बताईन ।

बजेट तर्जुमा गर्दा उपलब्ध स्रोत र साधनको अधिकतम उपभोग गर्नुपर्ने मान्यतालाई जोड दिदै वर्तमान विषम परिस्थितिको उचित तरिकाले सम्बोधन गर्न नेपालको संविधानमा उल्लेखित स्थानीय तहको अधिकारसूची, सार्वजनिक सेवा प्रवाहमा नगर सरकारको भूमिका र सञ्चालित विकास आयोजनाहरु कार्यान्वयनको अवस्थालाई समेत ध्यान दिएको जानकारी दिईन ।

जनमैत्री, जनमुखी नगरपालिकाको पहिचान स्थापित हुने गरी बजेट विनियोजन गरेको छु ।उनले भनिन् ।बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर, राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको र निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि संचालित महत्वपूर्ण योजनाहरुलाई आगामी बर्ष सम्पन्न गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था गरेको बताईन ।

तिलोत्तमा नगरपालिकाले शिक्षामा क्षेत्रको बिकासका लागि ३५ करोड२ ४ लाख ५२ हजार, नगरपालिकाको क्षेत्रभित्रका जिण सडकहरुको मर्मत सम्भार तथा स्तरोन्नतीका लागि प्रत्येक वडामा रु १ करोडका दरले जम्मा रकम रु १७ करोड विनियोजन गरेको छ । समग्रमा पूर्वाधार विकासको क्षेत्रमा ६४ करोड ८० लाख १३ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी फरक क्षमता भएका व्यक्ति, महिला, वालवालिका, जेष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण र राज्यले अवलम्बन गरेको समावेशी विकासलाई प्रवर्द्धन गर्नको ३ करोड ८ लाख ७२ हजार रुपैया विनियोजन गरिएको छ।

त्यसका साथै विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन, तथा खेलकुद मैदान पूर्वाधार लगायतका कार्यको लागि रु.१ करोड १५ लाख खेलकुद ५० हजार विनियोजन गरेको छु ।

वन तथा भू–संरक्षण, जलाधार संरक्षण, विपद् व्यवस्थापन, विपद् प्रतिकार्य योजना तयारी, विपद् पिडितहरुकम लागि आयआर्जन तथा पुर्नउत्थान लगायतका कार्यक्रमको लागि ३ करोड ४० लाख ९७ हजार रकम बिनियोजन गरिएको छ ।

सम्बन्धित शिर्षक :