लुम्बिनीका स्वास्थ्य सचिब डा. बिकास देबकोटा १२औं तहमा बढुवा

स्वास्थ्यसमाचार/ जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटा बढुवा भएका छन्।

सरकारले डा विकास देवकोटा लाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका  श्रोतका अनुसारका  मन्त्रिपरिषदको बैठकले बढुवा सिमितिले सिफारिस गरेको आधारमा रिक्त रहेको १२औं तहमा दुई जना बढुवा गरेको छ डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए।१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका र डा बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन्।

सम्बन्धित शिर्षक :