डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार कुर्सीमा बस्न र हिंड्न सक्ने भए

स्वास्थ्यसमाचार/ग्यास सिलिण्डर लिक भएर शरीर जलेपछि भारतमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

उपचारको ३६औँ दिनसम्म आइपुग्दा बिहीबार भण्डारीले अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरू गरेका भण्डारी निकट माधव न्यौपानेले जानकारी दिए । ‘आज अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो’ न्यौपानेले भनेका छन् ।

भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको पनि बताइएको छ । कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ । फिजियोथेरापी पनि क्रमिकरूपमा भइरहेको छ ।

संक्रमण हुन नदिन अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाटमा रोक लगाएका छन् ।गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका उनको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षक :