बाँके हात्तीपाइले रोग निवारणमा सकस : ६वर्षे अभियान १३ वर्ष सम्म निरन्तरता

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशको बाँके हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन चुनौती भएको वताईएको छ ।नेपालगन्जमा संञ्चारकर्मिहरु संग गरिएको अन्तरक्रिया यस्तो गुनासो गरेका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले सरकारले हात्तीपाईले रोगलाई २०२० सम्म निवारण गर्ने उद्देश्य लिएतापनि अभियानले सफलता पाउन नसकेको उहाँले वताउनु भयो। अभियान संचालन गरिएको छैठौ बर्षमा रोगलाई निवारण गर्ने लक्ष्य लिएतापनि अभियानले तेह्रौ बर्षमा प्रवेश गर्दा समेत बाँकेमा हात्तीपाईले रोगलाई निवारण गर्नलाई चुनौती देखिएको पौडेलको भनाई छ।

अभियानमा दम, मुटु जस्ता दिर्घरोगी, गर्भवती, एक हप्तासम्मका सुत्केरी आमाहरु, छारेरोगका विरामी, दुईवर्ष नपुगेका बालबालिकाले औषधि सेवन गर्न नहुने भएकोले पनि अभियान एकै पटकमा सफल नहुने देखिएको बताउनु भयोे । ग्रामीण क्षेत्रका मानिस भन्दा सहरी क्षेत्रका मानिसहरुले हात्तीपाईले बिरुद्धको औषधी सेवन गर्न आनाकानी गर्ने र समाजमा भ्रम फैल्याउने भएकोले अभियानले सफलता नपाएको पौडेलको भनाई छ।

यसपटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तिपाइले रोग फोकलपर्सन दुर्गा गौतमले वताउनु भयो।बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधी सेवन गर्न गौतमले आग्रह गर्नु भयो।
नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधी खुवाउने लक्ष्य छ ।

त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको गौतमले बताउनुभयो ।उहाँले सहरी क्षेत्रमा हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन घर घरमा पुग्दा लेखेकै व्यक्तिहरुले घरको चुकुन लगाउने, कुकुर छोरदिन जस्ता कार्य गर्ने भएकोले अभियानलाई सफल पार्न कठिनाई भएको वताउनु भयो।

नेपालगन्ज उपमहानगरमा हात्तीपाईले रोगका जीवाणु अधिक रहेको र जनचेतनाको कमीको कारण यस क्षेत्रमा औषधि सेवन गराउन पनि निकै चुनौती रहेकोले अभियान सफल पार्न संञ्चारकर्मिको भुमिका महत्वपुर्ण रहने भन्दै स्वास्थ्य प्रमुख पौडेलले जनचेतना जगाउने समाचार सम्प्रेशण गरिदिन आग्रह समेत गर्नु भयो।

सम्बन्धित शिर्षक :