नेपाल अर्थोपेडिक एशोसिएशनको २८ औँ सम्मेलन रुपन्देहीमा सुरु

स्वास्थ्यसमाचार /नेपाल अर्थोपेडिक एसोसिएसनको २८ औँ सम्मेलन रुपन्देहीमा सुरु भएको छ। आफुले गरेका कामको छलफल र नयाँ तरिकाले कसरी उपचार गर्ने भन्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको हो।

एक समारोहका बिच लुम्बिनी बिकास कोषका भिक्षु ओजिर श्री महास्थवीरले सम्मेलनको उद्घाटन गर्नु भयो ।युनाईटेड ईन पर्स नेपाल अर्थोपेडिक एशोसियसन सार्क देशहरूको अर्थोपेडिक एशोसियसनसंगको सहकार्यमा सुरू भएको यो तीनदिने अर्थोकान २०२३ को उद्घाटन कार्यक्रममा बोल्दै उहाले सार्कस्तरीय सम्मेलनले निकै महत्त्वपुर्ण अर्थ राख्ने वताउनु भयो ।

हाडजोर्नीका क्षेत्रमा नयाँ खोज अनुसन्धान उपलब्धिहरूको विषयमा चिकित्सक वीच आदान प्रदानमा सहयोगि हुने समेत भिक्षु श्रीरिले वताउनु भयो ।

अर्थोपेडिक एशोसियसन रूपन्देहिका अध्यक्ष डाक्टर राजेन्द्र संजेलले हाडजोर्नी, स्पाईन, ट्रमा संग सम्बन्धित विभिन्न बिधाहरूमा रहेर विभिन्न स्पेसलिस्ट चिकित्सकहरूले सोधपत्र प्रस्तुत गर्ने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको वताउनु भयो।उहाले सम्मेलनमा भाग लिन भारत,भुटान बंगालदेश माल्दिप्स,थाईल्यान्ड फिलिपिन्स लगायतका देसका अर्थोपेडिक चिकित्सक सम्मेलनमा भाग लिन आएको बताउनु भयो।

३ दिन सम्म चल्ने सम्मेलन उदघाटन समारोहमा नेपाल अर्थोपेडिक संघका अध्यक्ष डा अनुस्का खड्का, प्रा रवीन्द्र लाल प्रधान, भिक्षु ओजिर श्री महास्थवीर, प्रा डा एस राजसेकरण भारत, सार्क देशको अर्थोपेडिक एसोसिएसन ओएएसएसीआई अध्यक्ष प्रा रमेश प्रसाद सिंह निर्वाचित अध्यक्ष प्रा अर्जुन प्रसाद लामिछाने, नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजाल वैज्ञानिक समितिका अध्यक्ष डा शैलज रञ्जितकार महासचिव– प्रा विनोद शेरचन, आयोजक नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनीका सचिव डा गोपाल प्रसाद ज्ञवाली, डा. दिव्या दृष्टि लगायतले बोल्दै शल्यक्रियाले पछिल्लो दशकमा ठूलो प्रगति गरेको वताउनु भयो

उपचार र शल्यक्रियाका धेरै नयाँ विधिहरू बनाइएका छन हामीलेपनि उपचार पद्धतिहरुमा नयाँ बिधि अपनाएर काम गर्नु पर्ने उहाहरुले बताउनु भएको छ। नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा लुम्बिनी शाखाको सयुंक्त आयोजनामा रुपन्देहीको मणिग्राममा सञ्चालन भएको हो । सम्मेलनमा देशभर सार्क तथा अन्यदेसबाट गरि करिब २सय जना अर्थोपेडिक विषयका चिकित्सकको प्रत्यक्ष सहभागीता रहेको छ ।

कार्यक्रमा नेपाली र विदेशी चिकित्सकहरु करिव ७ सय चिकित्सकको सहभागीता बढी अर्थोपेडिक विषयका वैज्ञानिक सोधपत्रबारे छलफल र अन्तरक्रिया हुनेछ ।नेपाल र सार्क राष्ट्रका हाडजोर्नीमा बिशेषज्ञता हासिल गरेका चिकित्सकहरू वीच शैक्षिक नेलेज आदानप्रदान गरिने छ ।यो सम्मेलनमा सार्क मुलुकका हाडजोर्नी संग सम्बद्व रहेको ले विशेषज्ञहरुले यस्ता सम्मेलनले अर्थोपेडिक क्षेत्रका चिकित्सहरुलाई सिक्ने र सिकाउने कार्यमा महत्वपूर्ण भुमिका खेल्ने आयोजक संस्था नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनीका सह सचिब डा सागर पन्थीले बताउनु भयो।

सम्बन्धित शिर्षक :