स्वास्थ्य मन्त्री गिरीद्धारा भेरी अस्पतालमा डायलासिस सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् । डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय…

डा .रुइतलाई १० लाख डलरको इसा अवार्ड

स्वास्थ्यसमाचार/ नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा। रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो । मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार…

स्वतन्त्र पार्टीले स्वास्थ्य पाएन ,एमालेका पदम गिरी स्वास्थ्य मन्त्री बन्ने

स्वास्थ्यसमाचार/ नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।डा पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छौँ भनेर नेतृत्वबाट खवर आएको छ । म त्यसैको तयारीमा छु,’ सम्छिप्त कुराकानी गर्दै गिरीले भने । स्वास्थ्य मन्त्री एमालेको भए पनि राज्यमन्त्री भने राष्टिय स्वतन्त्र पार्टीले…

को बन्छ स्वास्थ्य जनसंख्या मन्त्री डा.तोसिमा कि , डा.चन्दा कार्की ?

स्वास्थ्यसमाचार /राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा तोसिमा कार्की र समानुपातिक सांसद डा चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने वताएका छन। प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका हुन। ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट…

पोखरा यतिको विमान दुर्घटना: तीन चिकित्सक सहित ६८ यात्रुको मृत्यु

स्वास्थ्यसमाचार/ पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा डा सुशील श्रेष्ठका दम्पतीले ज्यान गुमाएका छन्। दुर्घटनामा परेका डा श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकरको शव सनाखत भएको छ। उनीहरुसँगै दश महिने छोराको पनि विमान दुर्घटनामा मृत्यु भएको छ। परिवारका तर्फबाट उनका भिनाजु दिपेन्द्रमान श्रेष्ठले सनाखत गरेका छन्।न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए। पोखरा स्थायी घर भएका डा श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्। उनी पोखराको गण्डकी बोर्डिङ स्कुल पढेका हुन्। उनकी श्रीमती डा…

हप्तामा ४० घण्टा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई थप सुविधा दिइने

स्वास्थ्यसमाचार/ सरकारले साप्ताहिक ४० घण्टा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने भएको छ । सत्तारुढ दलहरूले सोमबार न्यूनतम साझा कार्यक्रममा सार्वजानिक गर्दै चिकित्सक तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधामा पुनरावलोकन गर्ने जनाएको छ । सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा दलहरूले चुनावी घोषणापत्रका वाचा पनि समेटिएका छन् । सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतनामा अभिवृद्धि र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद…

यस्तो छ स्वास्थ्यमा सरकारको साझा न्यूनतम कार्यक्रम

स्वास्थ्यसमाचार/ सत्ता साझेदार दलहरूले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बसेको बैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए। न्यूनतम साझा कार्यक्रम सुशासन र विकासका कुरामा केन्द्रित रहेको उनको दाबी थियो। कार्यक्रममा प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरिएको र जनतामा सेवा डेलिभरीको कुरालाई प्राथमिकता दिइएको उनले दाबी गरे। न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका ८ विषय समावेश छ। निरोगी नेपालस् स्वस्थ नागरिकु शिर्षकमा स्वास्थ्यका विषयहरु रहेका छन्। जसअन्तर्गत आधारभूत स्वास्थ्यदेखि बिमासम्मका विषयहरु रहेका छन्। यी हुन् ८ विषय निरोगी नेपालको अवधारणा…

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड :भैरहवा भन्सारमा हुँदैन खाद्यान्नको गुणस्तर परीक्षण

भैरहवा / भैरहवा भन्सार हुँदै भित्रने खाद्यान्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ । उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल ९काजु, बदाम०लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ । सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस भन्ने…

बाँकेमा महामारीको रुप लिदै दादुरा :एक बालकको मृत्यु, दर्जनौ विरामी

बाँके । बाँकेमा दादुराले महामारीको रुप लिदै गरेकोमा स्वास्थ्यकर्मिहरु चिन्चित बनेका छन । दादुराकै कारण ३१ महिने बालकको बुधवार मृत्यु भएसगै दर्जनौ दादुराको विरामी रहेका बालबालिका जोखिममा रहेको स्वास्थ्यकर्मिहरुले बताएका छन । दादुराले विरामी भएका नेपालगञ्ज उपमहानगरपालिका(५ का ३१ महिने बालकको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले  बताउनु भयो । उहाँकाअनुसार सिकिस्त रहेका ति बालकको थप उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । बाँकेमा पछिल्लो पटक दादुरा महामारीको रुपमा फैलिरहेको पाइएको छ । केहि दिनपहिले सम्म नेपालगञ्ज उपमहानगरपालिका(५,७ र ८ मा मात्र देखिएको…

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ। लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो। आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो। संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण…