प्रदेश ५ सरकारका १२ निर्णय, प्रदेश मातहतका अस्पतालमा करार नियुक्ति र म्याद थप गर्ने

स्वास्थ्यसमाचार /मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रदेश नम्बर ५ को मंगलबार बसेको बैठकले बिभिन्न १२ बटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश मातहतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार नियुक्ति तथा म्याद थप गर्न सरकारले स्वीकृत दिएको  लगायतका निर्णय गरेको जानकारी गराए ।

प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकारले प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत गरेको जानकारी दिए ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता चौधरीले लोक सेवा आयोगको संगठन र सोही अनुसारको दरबन्दी समेत स्वीकृत गरेको जानकारी दिए ।

सरकारको निर्णय अनुसार प्रदेश लोकसेवा आयोगमा १३ जना कर्मचारीको दरबन्दी स्वीकृत भएकोे छ ।यस्तै प्रदेश सरकारले संघ संस्था दर्ता नियमावली समेत स्वीकृत गरिएको छ । संघ संस्था दर्ता ऐन बनेको धेरै भएपनि नियमावलीको अभावमा एैन कार्यान्वयनमा आउन सकेको थिएन ।

प्रदेशमा समायोजन भएर आएका ११औ तह देखि कार्यालय सहयोगी सम्मका कर्मचारीहरुको तलव स्केल केन्द्र सरकारले तोकेको अनुसार नै व्यवस्था गर्ने निर्णय गरिएको छ ।त्यसैगरी बैठकले प्रदेशको वन निर्देशकमा जगदिश प्रसाद गुप्तालाई नियुक्ती गर्ने , प्यूठान जिल्लाको लुङ्ग्ग्री–माडी सिंचाई आयोजनाको लागि अस्थायी दरबन्दी सृजना गरी कार्यालय स्थापना गर्ने जस्ता निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

उक्त आयोजनाका लागि हाललाई ११ जना कर्मचारीको व्यवस्था गरिएको छ ।यसका साथै खानेपानीको लागि दाङ्ग जिल्लाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको अस्थायी कार्यालय बाँके जिल्लामा स्थापना गर्ने निर्णय गरेको छ ।त्यस्तै मदरसा शिक्षा कार्यवधि २०७६ मन्त्री परिषद्ले स्वीकृत गरेको छ । यस्तै बैठकबाट सेवा केन्द्र तथा पुर्नस्थापना केन्द्र स्थापना सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाइ प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक :