डेंगु रोग लाई खोजौ र नष्ट गरौ

कपिल गौतम

सुन्नुहोला दिदीबैनी, सुन्नुहोला दाजुभाइ ।
दिनु हुन्न टोक्न बरै, लामखुट्टेलाई ।।

अण्डा पार्छ सफा पानी, खोजी खोजी यसले ।
दिनु हुन्न कतै पानी, जम्न त्यसैले ।।

अण्डाबाट लार्भा प्यूपा, त्यसपछि बयस्क ।
हप्ता पन्ध्र दिनमै पूरा, जीवनचक्र ।।

डेंगू रोग सार्ने रैछ, एडिस लामखुट्टे ।
टाटेपाटे बाघजस्तो, हुन्छ यो बुट्टे ।।

दिउँसोमा टोक्ने बानी, यो जातको अचम्म ।
ूखोजौ र नष्ट गरौू, सकेसम्म ।।

थोत्रा टायर पानी टंकी, खुला खाली बोतलमा ।
जताततै हुन सक्छ, घरमा होटेलमा ।।

पानी जम्न दियौ भने, अण्डा त्यसमा पार्नेछ ।
सबैलाई टोकी टोकी, रोग सार्नेछ ।।

सबै जुटौ सरसफाइ, अभियानै चलाएर ।
डेंगू नष्ट गरौ पानी, तर लगाएर ।।

शरीर ढाक्ने लुगा लगाऔ, सुत्दा झूल टागौ है ।
जसरी नि लामखुट्टेलाई, टाढा भगाऔ है ।।

उच्च ज्वरोबाट शुरु, डेंगू रोगको लक्षण ।
सतर्क भै स्वास्थ्यसंस्था, जाऔं तत्क्षण ।।

पिउनु पर्छ प्रशस्त, पानी र अन्य झोल ।
ज्वरो कम गर्न खानु, मात्र सिटामोल ।।

 

गर्न सिकौ चूनौतिको, डटेर सामना ।

दिदीबैनीलाई तीजको, शुभकामना ।।

लेखक  जनस्वास्थ्य अधिकृत जनस्वास्थ्य शाखा बुटबल उपमहानगरपालिका

सम्बन्धित शिर्षक :