कपिलबस्तुको सोनापुरमा नि :शुल्क स्वास्थ्य शिविर : एक हजार लाभान्वित

स्वास्थ्यसमाचार /कपिलवस्तुको पटना स्वास्थ्य चौकी वाणगंगाको आयोजना तथा सिद्धवाबाबा सुपरस्पेसलिष्ट हस्पीटल बुटवलको प्राविधिक र चिकित्सकिय सहयोग एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

शिबिरमा एक हजार भन्दा बढीले निशुल्क सेवा लिएका छन ।विभिन्न कारणले स्वास्थ्य संस्था गएर स्वास्थ्य जाच गराउन नपाएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको थियो ।

स्वास्थ्य जाच गराएका मध्ये सबैभन्दा बढी स्थानीयमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ भने अन्यमा फोक्सो, मुटु, उच्च रक्तचाप, सुगर, मिर्गौला, पिसाबमा संक्रमण, रुघाखोकी, उच्च ज्वरो, टाउको दुख्ने नसा सम्बन्धी लगाएतका समस्या देखिएको चिकित्सकहरुले बताएका छन।

शिविरमा मृगौला रोग बिशेषज्ञ डाक्टर शक्ती बस्नेत, यमनचन्द प्रधान, मुत्ररोग विशेषज्ञ डाक्टर सुवासचन्द चौधरी, पेट छाती तथा मुटुरोग विशेषज्ञ डाक्टर दिनेश गौतम लगाएत ३० जना स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको हो ।

शिविरमा विरामीको निशुल्क मुटु सम्बन्धी इसिजी जाच, ल्याब तथा प्रयोशाला सेवा, फोक्सोको कम्पूटर माध्यमद्धारा गरिने पिएफटी जाचका साथै सबै प्रकारका औषधी निशुल्क वितरण गरिएको थियो । निशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी भएका छन् । पटना स्वास्थ्य संस्थाका प्रमुख कासीराम रेग्मी, सिअहेव रामप्रसाद भण्डारीले समन्वय गरेका थिए । शिविरमा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको सहकार्य रहेको थियो ।

सम्बन्धित शिर्षक :