सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ?

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् सिटिइभिटीले डिप्लोमाप्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका पाँच विषयको भर्ना शुल्क निर्धारण गरेको छ।

सिटिइभिटीले उक्त शुल्क अनुसार विद्यार्थी भर्ना गर्न र अभिभावकलाई पनि सोही अनुसार शुल्क बुझाउन भनेको छ। उक्त शुल्क तीन किस्तामा तिर्न सकिने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० र तेस्रोमा पनि ३० प्रतिशत शुल्क अभिभावकले कलेजलाई बुझाउन सिटिइभिटीले भनेको छ।

सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत नर्सिङका लागि ४ लाख ७५ हजार, सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई एक लाख र अनमीलाई १ लाख २० हजार शुल्क तोकेको छ।

उक्त शुल्कमा खाना र बस्ने शुल्क भने समावेश नभएको सिटिइभिटीले जनाएको छ।

हेरौँ पुरा सूचना

सम्बन्धित शिर्षक :