प्रदेश सरकार अस्पतालका सैया वढाउन भन्दा सेवा र सुविधा विस्तारमा केन्द्रित :मन्त्री बराल

स्वास्थ्यसमाचार /पश्चिम नबलपरासीमा रहेको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा अत्याधुनिक सुविधा सम्पन्न शव परीक्षण गृह निर्माण भएको छ ।

प्रदेश नं ५ स्थित सामाजिक विकास मन्त्रालयको रु ५० लाखको लागतमा बनेको उक्त शवगृहमा एकपटकमा ६ वटासम्म शव चिसो बनाएर राख्न सक्ने क्षमता रहेको अस्पतालले जनाएको छ।अस्पतालमा पुरानो शवगृह सडकको छेउमा र सुविधायुक्त नभएका कारण दुर्गन्ध फैलिएर नागरिकले सास्ती पाउँदै आएका कारण अहिले नयाँ भबन बनाईएको अस्पतालले जनाएको छ।

आधुनिक प्रविधिसमेत जडान गरिएकाले छिटोछरितो शव परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले वताए। अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी शवगृह निर्माण गरेको अधिकारीले बताए ।

शवगृह निर्माणसँगै सडक छेउमा रहेको पुरानो शवगृहलाई भत्काइने छ भने अब नयाँ शवगृहको प्रयोगबाट वातावरणसमेत स्वच्छ रहने अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवशङ्कर रायले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिस्नु हरि उपाध्यय ले बोल्दै प्रदेश सरकार स्वास्थ्य राम्रो काम गरेको बताए ।

अस्पतालको उत्तरपूर्वमा रहेको खाली जग्गामा निर्माण गरिएको उक्त शवगृहको आज प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै प्रदेश सरकारले अस्पतालका श्यैयाभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको बताए ।प्रदेशभित्र रहेका धेरै अस्पताल पुराना छन तर त्यहाँ आवश्यक प्रविधि, सेवा सुविधाको अभावमा बिरामीले प्रभावकारी उपचार सेवा पाउन नसकेको अवस्था देखिएपछि हामीले सेवा विस्तारलाई बढी जोड दिएका हौँ मन्त्री बरालले भने।

मन्त्री बरालले सुस्ता गाउँपालिकालाई नयाँ एम्बुलेन्स को साचो हस्तान्तण गरे।समाजीक बिकास मन्त्रालयले खरिदगरेको एम्बुलेन्स गाउँपालिका अध्यक्ष लाई मन्त्री बरालले हस्तान्तण गरेका थिए।

कार्यक्रममा स्वास्थ्य निर्देशक डा बिनोद गिरी सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर चौधरी पश्चिम नबलपरासीका प्रमुख जिल्ला अधिकारी बिस्नु हरी उपाध्यय लगायकाको सहभागि रहेको सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर चौधरी ले बताए।

सम्बन्धित शिर्षक :