प्रदेश ५ सरकारद्धारा ८ निर्णय: ११ सरकारी अस्पताल बिकास समिति गठन गर्न स्वीकृत

स्वास्थ्यसमाचार/ प्रदेश पाँचमा रहेका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठनगर्ने बाटो खुलेको छ। प्रदेश पाँच मन्त्री परिषदको सोमबार बसेको बैठकले सामाजिक बिकास मन्त्रालयलाई प्रदेश भित्रका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठन गर्न स्वीकृती प्रदान गरेको हो ।

अस्पतालमा अध्यक्ष हुनकालागि कम्तीमा स्नातक तह उत्तिर्ण गरी १० वर्ष सरकारी सेवा वा स्वास्थ्य क्षेत्रमा ५ वर्ष सेवा गरेको हुनु पर्ने बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी गराए ।

त्यस्तै लब्ध प्रतिष्ठित महिलालाई अस्पताल बिकास समितिको सदस्य पदमा प्रदेश सरकारको रिफारिसमा नियुक्त हुने पनि उनले बताए । सरकारको यो निर्णयसंगै २२ जनाले राजनीतिक नियुक्ति पाउने निश्चित भएको छ ।त्यसैगरी प्रदेश सरकारले अन्य बिभिन्न निर्णय गरेको छ।

सम्बन्धित शिर्षक :