रुपन्देहीमा डेंगुका ७० बिरामी फेला ,एक बेडमा ३ जना बिरामी ,डेंगुपरिक्षण किटको अभाब

स्वास्थ्यसमाचार /रुपन्देहीमा भाईरल ज्वरोसंगै डेंगुका बिरामीको चाप बढेको छ । जिल्लामा रहेका बिभिन्न सरकारकारी तथा निजी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको अस्पतालहरुको तथ्याकले देखाएको छ ।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका अनुसार अहिले जिल्ला भर ७० जनामा डेंगु पोजेटीभ देखीएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोलर अधिकृत केदार नाथ शाहले भने जिल्ला भर ७० जना बिरामीमा डेंगुको संक्रमणका बिरामी फेला परेको बताए ।

उनले ति सबै बिरामी डेंगुपोजेटीभ भएको बताए । जिल्ला स्वास्थ्य कार्यलयमा अहिले किट न्युन रहेको माग अनुसार कसैलाई दिन नसकेको बताए । भएको किट हामी सबै अस्पताल पिएसी दिएका छौ । हामीसंग खरिग गर्नेको लागी सरकारले बजेट नदिएको कारण केन्द्रकोमुख ताक्नुवाहेक केहि नभएको बताए । केन्द्रबाट पनि किट नपठाएकोले समस्या भएको शाहको भनाई छ । उनले बिगतका बर्षमा संघिय सरकारले जिल्लामा बजेट बठाउने गरेको भएपनि अहिले स्थानिय सरकारलाई बजेट पठाएको बताए । अहिले जिल्लामा रहेका ६ बटा नगरपालीकालाई १ लाखका दरले केन्द्रसरकारले बजेट पठाएको वताए ।

रुपन्देही प्रादेशीक अस्पताल बुटबलमा दैनीक २ सय भन्दा बढी बिरामी ईर्मजेन्सीमा उपचार गर्न आउने र त्यो मध्ये अधिकासं भाईरल ज्वोरोका बिरामी आएको अस्पतालका ईर्मेजेन्सी वडाका चिकित्सक डा सन्दीव राबल ले बताए । उनले अहिले अस्पतालमा एक बेडमा ४ जना सम्म राखेर उपचार गरेको बताए । यहा रुपन्देहीका अलवा पाल्पा गुल्मी रोल्पा रुकुम लगायका जिल्लाबाट बिरामी उपचार गर्न आएको बताए ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण खनालका अनुसार अहिले सम्म लुम्बिनी प्रादेशीकअस्पतालमा ४८ जना डेगुका बिरामी फेला परेको बताए । उनले किट अभाब भएको समेत बताएका छन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले ७० बटा किट पठाएको थियो अस्पतालमा २ सयभन्दा बढी बिरामी दैनीक आउछन ७० पिस कतिदिनलाई गराउने उनले किट अभाब भएको बताए । हामीले प्रदेश सरकारसंग माग गरेका छौ जिल्लामा माग गरेका छौ कतिबाट पनि नआएको खनालले बताए ।

उनले ५ वर्षिय बालवालिकादेखि ७० वर्षसम्मका वृद्धवृद्धाहरुमा डेंगु संक्रमण देखिएको बताए ।साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएको वताए।रुपन्देहीमा पहिलो पटक २०६७ सालमा डेंगुका बिरामी फेला परेका थिए भने पहिलो पटक देखा परेको वर्षमा नै ४ जनाको मृत्यु भएको थियो । जिल्लामा हालसम्म डेंगुकै कारण ८ जनाको मृत्यु भएको खनालले बताए ।

खनालले भने ज्वोरो आएका बिरामीलाई हामी किट्सको सही प्रयोगलाई समेत जोड दिएका छौं । बिरामी तीन दिनदेखि ज्वरो आएको अवस्थामा भएमा, चार हजारभन्दा कम सेता रक्तकोष देखिएमा र एक लाखभन्दा कम प्लेट्लेट्स देखिएमा तुरुन्त किट्स प्रयोगको मापदण्ड बनाएका छौं, खनालले भने।

सम्बन्धित शिर्षक :