रुपन्देहीमा ३८ जनामा डेंगु पोजेटीभ भेटियो

स्वास्थ्यसमाचार /रुपन्देहीमा डेंगुसंक्रमित ३८जना बिरामी फेला परेका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्लामा अहिले सम्म ३८ जना बिरामीमा डेगुपोजेटीभ भेटिएको जनाएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार लुम्बिनी प्रादेशीक अस्पतालमा २२ जना र अन्य क्रिमसन अस्पतालमा बुटबल अस्पताल प्रालीमा युसिएम मा गरि १६ गरि जम्मा ३८ जना बिरामी रहेको वताए ।तर भाईरल ज्वोरोका बिरामीहरुको संख्या भने दैनीक बढदै गएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गिरीले बताए ।

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका मेसु डा कृष्ण खनालले भने अस्पतालमा दैनीक भाईरलका बिरामी आएपनि अहिले सम्म २२ जनामा डेगु पोजेटीभ देखीएको बताए । खनालले किटको अभाब भएको र जिल्ला स्वास्थ्य कार्यलयबाट ७० पिस मात्र आएको बताए। अस्पतालमा भाईरल ज्वोरोका बिरामी दैनीक ५० देखी माथि आउने गरेको खनालको भनाई छ।

तर जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गिरीले जिल्ला स्वास्थ्य कार्यालयमा २सय पिस किट रहेको र त्यो लुम्बिनी प्रादेशीक अस्पताल र भिम अस्पताललाई दिएको बताए। उनले भने संघिय सरकारले बजेट पठाउदा नगरपालिकामा १ लाखको दरले समेत पठाएको बताए।  डा गिरीले  सचेता फैलाउनु डेगुरोगथामको महत्वपुर्ण कार्य हुने बताए।

सम्बन्धित शिर्षक :