रुपन्देहीमा डेंगुको संक्रमणबाट आचार्यको निधन

रुपन्देही २१ भाद्र लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा डेंगुबाट एक जनाको मृत्यु भएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा सावित्रा आचार्यको सनिवार डेंगुको संक्रमणबाट मृत्यु भएको हो।

आचार्य लाई लगातार ज्वरो आएपछि बुटवलमा आई परिक्षण गर्दा विहीबार डेंगुको संक्रमण देखिएको थियो । सावित्रा आचार्य लाई तिनदिन देखि प्रादेशिक अस्पताल बुटवलको आईसियु कक्षमा राखि उपचार गरिएको थियो। उपचारको क्रममा रगतमा रहेको प्लेटलेसको मात्रा नबढेपछि आचार्यको सनिवार साढे पांच बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ७ मोतिपुरमा बस्दै आएकी ६१ वर्षिय आचार्यका चार छोरा र दुई छोरी छन् ।

सम्बन्धित शिर्षक :