पुर्वि पाल्पाको पूर्वखोलामा ‘भाइरल ज्वरोको प्रकोप, विद्यालय समेत बन्द

स्वास्थ्यसमाचार/पुर्वि पाल्पाको पूर्वखोला गाँउपालिका ३ अर्खलडाँडामा एकै टोलमा ठूलोसंख्यामा विरामी परेका छन । चार दिन देखि फैलिएको रुघा खोकी र ज्वरोको संक्रमण एकै टोलका ७३ जना भन्दा बढीलाई देखिएको छ ।

उक्त स्थानमा गाँउपालिकाले सीअहेव मोहन ढकालको नेतृत्वमा चार जनाको स्वास्थ्यकर्मी टोली अर्खलडाँडा पठाएको थियो । सो टोलीले ४३ जना पुरुष र ३० जना महिला गरी ७३ जनाको स्वास्थ्य जाँच तथा उपचार गरेको जानकारी दिएको छ । बिरामी हुनेमा १८ जना स्कुले विद्यार्थी रहेको समेत टोलीको नेतृत्व गरेका ढकालले बताए ।

विस्तृत जाँच त भएको छैन । अहिले हामीले अनुमान गरेको भाइरल फिवर नै हो । त्यहि अनुसार उपचार शुरु गरेका छौँ । बिहीबार मात्रै ७३ जनाको उपचार गरियो,ढकालले भने अगाडी थपे, ‘अब यसको नतिजा एक दुई दिनमा थाह भई हाल्छ ।

टोलबासी नै विरामी पर्न थालेपछि स्थानीय जनउज्जल आधारभुत विद्यालय शुक्रबार आज देखि बन्द गरिएको छ । ‘ हिजो सोही विद्यालयमा हामीले शिविर सञ्चालन गरयौँ । गाँउमा दिनानुदिन विरामीहरुको संख्या बढ्दै गएको बताइएको छ । त्यसैले आजका लागि विद्यालय बन्द गर्न भनेका छौँ । त्यसपछि कस्तो हुन्छ, त्यसैका आधारमा विद्यालय खोल्ने वा थप केही दिन बन्द गर्ने भन्ने विषयको निधो होला ।,’ ढकालले भने ।

स्वास्थ्य परीक्षणका लागि विहीबार सीअहेव ढकालको नेतृत्वमा रिग्नेरह स्वास्थ्य चौकीबाट अहेव रविशंकर जैसवाल, बीरकोट स्वास्थ्य चौकीबाट अहेव नर्बुफुर्वा दोर्जे र स्टाफ नर्स सरस्वती श्रेष्ठ गएको थियो । नेपाली हेल्थवाट

सम्बन्धित शिर्षक :