डेंगु रोग के हो ? लक्षण र बँच्ने उपाय जानौं !

स्वास्थ्यसमाचार अनलाईन ।

डेंगु लामखुट्टेको टोकाईबाट हुने भाईरल संक्रमण हो । यो एकप्रकारको ज्वरो हो । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण शुरु हुन्छ ।

डेंगु सार्ने लामखुट्टेले सफा र हलचल नभएको पानीमा फुल पार्छ । खास त बर्षादको समयमा हलचल नभई पानी जम्नसक्ने खाली डब्बाहरु, ड्रम, गमला, पानी टंकी, खोलेर राखेका गाडीका टायर, खुल्ला टिनका बाकसहरु यी लामखुट्टेले फुल पार्ने संभावित ठाऊँ हुन् । हाल शहर बजार क्षेत्रमा यी लामखुट्टेको संक्रमण बढि पाईएको छ ।

डेंगुको संक्रमण गराउने चार प्रकारका भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ हुन । यो संक्रमण फैलाउने एडिज लामखुट्टे कालो रङको र जिऊमा सेतो थोप्लो भएको पाईन्छ । यो लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गर्छ ।

डेंगु रोग तिन प्रकारका छन् । क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम मध्ये क्लासिक डेंगु सामान्य डेंगु हो । यसको उपचार खासै जरुरी पर्दैन । तर डेंगु हेमोरेजिक ज्वरो या डेंगु साक सिन्ड्रोमको संक्रमण भयो भने अवश्य उचित उपचारको जरुरत हुन्छ अन्यथा संक्रमित व्यक्तिको ज्यान समेत जानसक्छ ।
हाल डेंगु रोगको संक्रमण कतै अनियन्त्रित हुन थालेको त हैन भन्ने आभाष हुन थालेको छ । रुपन्देहीमा मात्रै ३८ जनामा डेंगु संक्रमित भएको पाईएको छ । यस्तै अन्यत्र पनि संक्रमणका खबर आईरहेका छन् । यसर्थ पनि आज हामी डेंगुको लक्षण र बच्ने उपाय जानकारी गराउन खोजेका हौं । यो जानकारी आफूले पढेर धेरैभन्दा धेरैसंग अवश्य शेयर गर्नुहुनेछ ।

लक्षणहरु :
डेंगु ज्वरोको मुख्य लक्षण अचानक उच्च ज्वरो आउने र हप्तादिनसम्म यसले सताईरहने हो । ज्वरोको साथमा निम्न लक्षण देखिए डेंगु संक्रमण हुनसक्छ !

– असहय हुनेगरी टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–शरीरमा विमिरा आउने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षण हुन सक्छन् ।

डेंगुबाट बच्ने उपाय ः

*डेंगुका लामखुट्टे सफा पानिमा बस्ने हुँदा घर वरपर पानी जम्ने खाडल, पुराना टायर, पुराना सिसा बोत्तल जस्ता पानी जम्ने चिजहरु नराख्ने
*सकेसम्म लामो बाहुला भएको, शरिर पुरै छोप्ने खालका कपडा लगाउने, यसबाट शरिरलाई लामखुट्टेको टोकाईबाट टाढा राख्न सकिन्छ ।
*प्राय दिउँसोमा यो लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।
*पानी टंकी छोपेर राख्ने
* फुलदानीमा पानी फेरबदल गरीरहने ।
*सुत्दा प्राय झुल प्रयोग गर्ने । बालबालिकालाई झुलको प्रयोग अनिवार्य गर्ने ।
*घरमा लामखुट्टे घुस्न नदिन झ्याल ढोका खुल्ला नछोड्ने, पर्याप्त जालीको व्यवस्था गर्ने
*सकिन्छ लामखुट्टेको टोकाईबाट बच्ने मलमको प्रयोग गर्ने
त्यस्तै माथी उल्लेखित लक्षणहरुको आशंका लागेमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई चेकजाँच गराउनुपर्दछ ।

सम्बन्धित शिर्षक :