धुर्काेट गाउँपालिकाद्धारा दुई स्वास्थ्य संस्थालाई नयाँ एम्बुलेबन्स हस्तान्तरण

स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको धुर्काेट गाउँपालिका ले गाउपालिका भित्र रहेको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल र हाडहाडे हेल्थपोष्ट लाई २ओटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

गाउँपालिका मा आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले नयाँ एम्बुलेन्सको चापी हस्तान्तण गरे ।
यो संगै धुर्काे गाउँपालिका मित्र रहेका सबै स्वास्थ्य संस्थामा एम्बुलेन्स उपलब्ध रहेका छन ।

संघिय सरकारको बिषेश अनुदान रकमबाट २ बटा नयाँ एम्बुलेन्स खरिद गरिएको अध्यक्ष पोखरेलले बताए । नयाँ एम्बुलेन्सको मुल्य २५ लाख रहेको समेत पोखरेलले बताए ।अध्यक्ष पोखरेलले भने आमासुरक्षा कार्यक्रम अन्र्तगत धुर्काेट गाउँपालिका भित्रका सुत्केरी हुने महिलालाई स्वास्थ्य केन्द्र संग लाने ल्याउने एम्बुलेन्सले निशुल्क गर्ने गरेको बताए ।

एम्बुलेन्स हस्तान्तण कार्यक्रममा उपाध्यक्ष शिब केसी बडा अध्यक्ष लगायको सहभागि रहेको थियो गाउँपलिकाका ६ बटा बडामा एम्बुलेस भएको र एक मात्र बडामा अझै एम्बुलेन्स नभएको अध्यक्ष पोखरेलले बताए ।

सम्बन्धित शिर्षक :