भारतिय सिमाक्षेत्रबाट आउने बिरामीलाई सेवा दिन सकिन्छ सुबिधा दिन सकिदैन:- मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेशं ५का सामाजीक बिकासमन्त्री शुदर्शन बरालले भारतिय सिमाक्षेत्रबाट नेपालमा उपचार गर्न आउने बिरामीलाई सेवा दिने सुबिधा दिन नसक्ने बताएका छन । स्वास्थ्य निर्देशनालयको आयोजनामा भएकोे प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी समापनमा वोल्दै मन्त्री बरालले भारतिय सिमाना संग जोडीएका क्षेत्रवाट नेपालमा सुत्केरी हुन आउने महिला तथा उपचारमा आउने ,वालबालिकाहरु सेवा दिने र सुबिधा दिन नसक्ने वताएका हुन। प्रदेश नं ५मा तराईका ६ जिल्लासिमाना संग जोडीएका छन त्यहाबाट उपचार गर्न आउनेको संख्या उल्लेखनीय छ उनीहरुलाई सेवा दिन सकिन्छ सुबिधा सकिदैन मन्त्रीबरालले भने। समिक्षा कार्यक्रममा बोल्दै उनले प्रदेशअस्पतालका बिशेषज्ञ चिकित्सकहरुडाईनोसीसमा भन्दा उपचारमा…

नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोडे

स्वास्थ्यसमाचार /डडेल्धुरामा नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन स्थगीत गरेका छन्। उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनसन स्थगीत भएको घोषणा गरेका हुन्। गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका उनले नौ दिनमा आएर अनशन टोडेका छन् । केसीले अहिले भारतले नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन्।

शुल्क फिर्ता नभएपछि युनिभर्सल मेडिकल कलेजमा तालाबन्दी

स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै उनीहरुले ताला लगाएका हुन् । ६ बुँदे माग राख्दै कत्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता लगायत उनीहरुका माग हुन् । सरकारले पनि बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको थियो तर अटेर गरेपछि विद्यार्थीहरुले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन र मानव संशाधन शाखामा तालाबन्दी गरेका हुन् । विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार…

नेपाल स्वास्थ्यकर्मी संघमा घिमिरेको ह्याट्रिक, महासचिवमा भट्ट

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी ओम उपाध्यायलाई ११४ मत अन्तरले हराउँदै विजयी भएका हुन् । अध्यक्ष पदमा घिमिरेले ३३१ मत ल्याउँदा उपाध्यायको २१७ मत आएको थियो । यो संगै घिमिरेले संघमा लगातार तीन कार्यकाल अध्यक्ष बन्दै ह्याट्रिक हानेका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २६२ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी दीपक मुडभरीले १६७ मत र अर्का प्रतिस्पर्धी भवानी शर्माले ९९ मत ल्याएका छन् । खुल्ला उपाध्यक्षमा रमिला चौलागाईँले ३३१ मतका साथ विजयी भएकी छन् । उनको…

आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्ला अस्पतालमा आईसियुसेवा सञ्चालनमा ल्याउछौ :- मन्त्री बराल

स्वास्थ्यसमाचार/ आर्थिक बर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी बुटबलमा सुरुभएको छ ।प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको गोष्ठी सामाजीक बिकास मन्त्री शुदर्शन बरालले उदघाटन गरे । आगामी आर्थिक वर्षदेखि प्रदेशमा भएका जिल्ला अस्पतालहरुलाई आईसियु सेवा सहित सञ्चालनमा ल्याउने तयारी गरिएको वताए । उनले जनतालाई सहज रुपमा सेवा प्रदान गर्नको लागि स्वास्थ्यकर्मीले साना साना कुरामा सुधार गर्नु पर्नेमा जोड दिए । साना साना कुराको सुधारबाट नै राम्रो प्रतिफल आउँने भएकाले स्वास्थ्यकर्मीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान पर्नेबताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका…

गुल्मी जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन र बिशेषज्ञसहित स्तरोन्नति हुने

स्वास्थ्यसमाचार/गुल्मी जिल्ला अस्पताल सुविधा सम्पन्न हुने भएको छ। लामो समयदेखि भौतिक संरचनाको अभाव खेप्दै आएको जिल्ला अस्पताल राष्ट्रिय पुनरनिर्माण प्राधिकरणबाट ५५ करोड बढि बजेट बिनियोजन भएसंगै सुविधा सम्पन्न अस्पताल बन्ने भएको हो । अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण पराजुलीले गुल्मी अस्पताल निर्माणको लागि राष्ट्रिय पुनरनिर्माण प्राधिकरणबाट ५५ करोड बढि बजेट बिनियोजन भएको बताए । पराजुलीले भने अब बन्ने अस्पताल साढे छ तल्लाको हुनेछ।अहिले न्युनतम मापदण्ड निर्धारण प्रतिवेदन पनि प्राप्त भएकाले कार्तिकभर सवै प्रक्रिया पुरा गरेर मंसिरमा टेण्डरको गर्ने बताए । गुल्मी अस्पताल ०७१ सालमा ५० शैयामा स्तरबृद्धि भएको हो ।…

हरिबोधनी एकादशी: तुलसी धार्मिक मात्र नभै जडिबुटीको रुपमा पनि उपयोगी

स्वास्थ्यसमाचार/ आज हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह हुने दिन । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आ-आफ्नो घरमा रोपेको तुलसीको विवाह गर्ने परम्परा रहेको छ । तुलसी धार्मिक रुपमा मात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः ► तुलसीको हरियो पातको रसमा…

प्रदेश ५ सरकारलाई डेंगु र भुसुना नियन्त्रणको लागि ३० थान फग मेशिन उपलब्ध

स्वास्थ्यसमाचार /प्रदेश ५ मा डेंगु नियन्त्रणको लागि कोरियाको एक संस्थाले फग मेशिन सहयोग गरेको छ ।डेंगु रोग नियन्त्रको लागि भन्दै कोरियाको कृपि फाण्डेशनले प्रदेश नं ५ सरकारलाई लामखुट्टे र भुसुनालाई नियन्त्रण गर्नको लागि फग मेशिन उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा आयोजित एक कार्यक्रममा फाण्डेशनका अध्यक्ष लि साङ हुनले प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरे । फाउण्डेशनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य एक लाख ५० हजार परेको कृपि फाउन्डेसनका डाईरेक्टर सोम…

लुम्बिनी सामुदायिक मुटुअस्पताल बनाउन भैलो खेलेर ५ करोड संकलन

स्वास्थ्यसमाचार/ बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटीले हस्पिटल बनाउन लागेको हो । हस्टिल बनाउने क्लब दिपावलीको अवसरमा देउसी भैलो खेलेर करोडौं रूपैयाँ संकलन गरेको छ । तिनाउ नदी पश्चिम क्षेत्रमा पनि मुटु हस्टिलको आवश्यकता महशुस भएपछि त्यसको अभियानमा आफूहरू जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले वताए । हस्पिटल बनाउने खेलिएको देउँसी भैलोबाट ५ करोड १० लाख रुपैयाँ संकलन गरिएको वताए।हस्टिल बुटवल–१३ बेलबासको मा बन्नेछ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु हस्टिल पनि सञ्चालनमा छ । हस्टिलको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास…

लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरु मंसिर सम्म नभत्काए प्रदेश सरकारले डोजर चलाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउनको लागि सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिएको हो । मन्त्रीपरिषदका निर्णय सार्बजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिने सहित चार निर्णय गरेको जानकारी दिए । अस्पतालका सटर भत्काउन जारी गरेको सूचनाको म्याद कार्तिक मसान्तमा सकिने र त्यस पछि व्यवसायीहरुलाई एक…