आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्ला अस्पतालमा आईसियुसेवा सञ्चालनमा ल्याउछौ :- मन्त्री बराल

स्वास्थ्यसमाचार/ आर्थिक बर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी बुटबलमा सुरुभएको छ ।प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको गोष्ठी सामाजीक बिकास मन्त्री शुदर्शन बरालले उदघाटन गरे ।

आगामी आर्थिक वर्षदेखि प्रदेशमा भएका जिल्ला अस्पतालहरुलाई आईसियु सेवा सहित सञ्चालनमा ल्याउने तयारी गरिएको वताए । उनले जनतालाई सहज रुपमा सेवा प्रदान गर्नको लागि स्वास्थ्यकर्मीले साना साना कुरामा सुधार गर्नु पर्नेमा जोड दिए । साना साना कुराको सुधारबाट नै राम्रो प्रतिफल आउँने भएकाले स्वास्थ्यकर्मीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान पर्नेबताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री बरालले सीमिति औषधि सिरिञ्ज प्राप्त गर्नको लागि मन्त्रालयमा धाउन पर्ने अवस्थाको अन्त्य गर्ने र जनताको नजिक पुगेर सेवा प्रवाह गरिने वताए । प्रदेश सरकार स्वास्थ्यकर्मीको सुरक्षाको लागि सचेत रहेको बताउदै ढुक्क भएर सेवा दिनको लागि स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्थानीय र प्रदेश सरकार मिलेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिने वताए।

प्रदेश सभाका सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेयले सबै जनताको पँहुचमा स्वास्थय सेवालाई सहज रुपमा पुराउँनको लागि स्वास्थ्यकर्मीहको महत्वपूर्ण भूमिका रहेको वताए । प्रदेश सरकारले सञ्चालन गरेका योजना सफल बनाउँनको लागि स्वास्थयकर्मी लाग्नु पर्नेमा जोड दिए।

सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनालले स्वास्थ्यक्षेत्र सुधार कसरी गर्ने भन्नेबारे गुरु योजना बनाएर काम अघिबढाउन सुरु गरेको बताएका छन ।सचिब खनालले छात्राबृत्ति करारमा आएका चिकित्सक देखी अन्यकर्मचारी लाई खाली ठाउमा पठाउने र उनीहरुलाई समन्धीत संस्थाले कामगर्ने बताबरण मिलाई दिनु पर्ने बताए । अस्पताल संबेदनसिल क्षेत्र भएकोले सरसफाई को क्षेत्रमा बढी ध्यानदिनु पर्ने बताए ।

आर्थिक मामिला मन्त्रालयका सचिब मधु कुमार मरासिनीले सघियताको सफल कार्यान्वयको लागि जनताको घर दैलोबाट नै सेवा दिन आवश्यकता रहेको बताउँदै जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन सक्नु पर्ने वताए ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाँले देशमा प्रयोगशालाको अभावमा गुणस्तरिय सेवा दिन नसकिएकोमा वताईन ।

उनले देशका हरेक स्थानीय तहमा प्रयोगशाला सञ्चालन गर्न अतिआवश्यकता रहेकोमा वताउदै गुणस्तरिय स्वास्थ्य सेवाको लागि ल्याबको आवश्यकता रहेको डा झाले बताईन । डा झाले भनिन निजी क्षेत्रबाट कोठे प्रयोगशाला सञ्चालनमा आउँदा जनतामा गुणस्तरिय सेवा दिन नसकिएको उनको भनाई छ।

प्रदेश ५का स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले प्रदेशको स्वास्थ्य अबस्था सुधार्नु पर्ने क्षेत्र लगायका बिषयमा जानकारी गराएका थिए । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले प्रदेश सरकारले सञ्चालन गरेको ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरैमा स्वास्थ्य सेवा कार्यक्रममा १५ हजार ८ सय ९५ जेष्ठ नागरिकलाई सेवा दिएको बताए। यो प्रदेशको नयाँ कार्यक्रम रहेको गिरीको भनाई छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसाल लगायतले बोल्दै गुष्णस्तरीय स्वास्थ्य सेवाको लागी सबैको पहल आबश्यक रहेको बताए।प्रदेश ५ सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयको आयोजनामा आईतबारदेखि बुटवलमा प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । कार्तिक २६ गतेसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेश ५ का १२ वटै जिल्लाका स्वास्थ्य शाखाका प्रमुख प्रदेश अस्पतालका प्रमुखहरुको सहभागिता रहेको छ ।

सम्बन्धित शिर्षक :