नेपाल स्वास्थ्यकर्मी संघमा घिमिरेको ह्याट्रिक, महासचिवमा भट्ट

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी ओम उपाध्यायलाई ११४ मत अन्तरले हराउँदै विजयी भएका हुन् ।

अध्यक्ष पदमा घिमिरेले ३३१ मत ल्याउँदा उपाध्यायको २१७ मत आएको थियो । यो संगै घिमिरेले संघमा लगातार तीन कार्यकाल अध्यक्ष बन्दै ह्याट्रिक हानेका छन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २६२ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी दीपक मुडभरीले १६७ मत र अर्का प्रतिस्पर्धी भवानी शर्माले ९९ मत ल्याएका छन् ।

खुल्ला उपाध्यक्षमा रमिला चौलागाईँले ३३१ मतका साथ विजयी भएकी छन् । उनको प्रतिस्पर्धी मिरा नेपालले १८१ मत मात्रै प्राप्त गरिन् ।यस्तै उपाध्यक्ष सरकारी तर्फ किरण ओली २८८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजन मण्डलको २०७ मत आएको छ ।

उपाध्यक्ष निजी तर्फ साईली गिरीले २३२ मत प्राप्त गरिन। उनको निकटतम प्रतिस्पर्धी महेन्द्र थापाले १५४ मत र केदार रिजालले १०५ मत पाएका छन् ।
यस्तै महासचिवमा दीपक भट्टले ३१९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी शंकर कंडेलले २२० मत मात्रै ल्याउन सफल भए ।

सम्बन्धित शिर्षक :