भारतिय सिमाक्षेत्रबाट आउने बिरामीलाई सेवा दिन सकिन्छ सुबिधा दिन सकिदैन:- मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेशं ५का सामाजीक बिकासमन्त्री शुदर्शन बरालले भारतिय सिमाक्षेत्रबाट नेपालमा उपचार गर्न आउने बिरामीलाई सेवा दिने सुबिधा दिन नसक्ने बताएका छन ।

स्वास्थ्य निर्देशनालयको आयोजनामा भएकोे प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी समापनमा वोल्दै मन्त्री बरालले भारतिय सिमाना संग जोडीएका क्षेत्रवाट नेपालमा सुत्केरी हुन आउने महिला तथा उपचारमा आउने ,वालबालिकाहरु सेवा दिने र सुबिधा दिन नसक्ने वताएका हुन।

प्रदेश नं ५मा तराईका ६ जिल्लासिमाना संग जोडीएका छन त्यहाबाट उपचार गर्न आउनेको संख्या उल्लेखनीय छ उनीहरुलाई सेवा दिन सकिन्छ सुबिधा सकिदैन मन्त्रीबरालले भने। समिक्षा कार्यक्रममा बोल्दै उनले प्रदेशअस्पतालका बिशेषज्ञ चिकित्सकहरुडाईनोसीसमा भन्दा उपचारमा बढी केन्द्रीत भएको बताए ।

सबै अस्पतालमा एउटै रोग देखीएकोले के कारणले भएको हो पत्ता लगाउने तर्फ ध्यान दिनु पर्ने बताए ।उनले निजि क्षेत्रसंग प्रतिस्पर्धा गर्नको लागी पनि सरकारी अस्पतालले आर्थिक श्रोत खोज्नुपर्ने र चिकित्सक देखी सबै स्वास्थ्य कर्मिलाई ईन्सेन्टीपको ब्यबस्था गर्नु पर्ने बताएका छन ।

उनले सबै अस्पतालले उपचारमा आएका बिरामीको रेकर्डराख्ने र कुन बढी आएका छन रिर्सच गर्नु पर्ने बताए।जनस्वास्थ्यमा यस्ता कामगर्नको लागी बजेट अभाब नहुने बताएका छन । त्यस्तै मन्त्रीबरालले स्वास्थ्यक्षेत्रमा कार्यरत एनजीओहरुलाई एउटाले एक अस्पताललाई नमुना बनाईदिएर देखाउन आग्रह गरे ।यसरी नमुना काम गरेर देखाएपछि दुबै पक्षलाई फाईदा हुने र कामको मुल्याकन प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयले गर्ने बताए।

मन्त्री बरालले निजीक्षेत्रका अस्पताले आर्थिक पक्षलाई भन्दा स्वास्थ्यसेवा लाई प्राथामिकतामा राखेर काम गर्नु पर्ने बताए । बिरामी भएर निजी अस्पतालमा जादा उपचारलाई भन्दा आर्थिक पक्षलाई जोड दिएको पाईएकोले तिनिहरुको अनुगमन निलम्बन र कावार्हि गर्न स्वास्थ्य कार्यलयलाई निर्देशन दिए।

प्रदेशमा ४ बटा मेडिकल कलेज रहेकोले त्यहा उत्पादिन जनशक्तीलाई कलेजहरुको समन्य गरेर चिकित्सक बिहीन क्षेत्रमा काम गर्न लगाउने गरि छलफल गर्ने बताए ।त्यहा उत्पादिन जनशक्तीहरु शहर केन्द्रित हुने र गाउँ नजाने भएकोले उनीहरुलाई गाउँ गाउँमा लैजाने र चिकित्सकबाट सेवा दिने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भन्डारीले स्वास्थ्य संस्थाको बोड फेरीएपनि उनीहरुको अबस्था उस्तै रहेको बताएका छन ।हतारमा हस्तान्तण गर्दा यस्तो भएको बताउदै प्रदेश स्थानिय संघिय सरकार सबै सहकार्यमा सेवा बिस्तार गर्नुपर्ने बताए । भन्डारीले स्वास्थ्यमा एक बर्षमा राम्रा काम भएपनि कर्मचारीसमायोजनले ति कामलार्ई ढाकेको वताउदैे स्वास्थ्य प्रणाली सुधार गर्न जरुरी भएको बताए।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा सागरराज भन्डारीले अरु प्रदेश भन्दा ५ नं प्रदेश राम्रो रहेको बताएका छन ।डा भन्डारीले लुम्बिनी प्रादेशीक अस्पतालमा रहेको टिबि उपचार केन्द्र नेपालको नमुना भएको बताएका छन ।उनले नेपालमा दैनीक १८ देखी २२ जना टिबिका बिरामीको मृत्यु हुने गरेको वताए ।

समापन कार्यक्रममा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनाल,प्रदेश ५का स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी घोराही नगरपालिकाका मेयर नुरुलालचौधरी,प्रदेश आपुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाई लगायले बोल्दै भएका कामको समिक्ष र अब गर्नुपर्ने कामको बारेमा बोलेका थिए ।

कार्तिक २४ गते देखी सुरु भएको समिक्षा प्रदेश ५ का १२ वटै जिल्ला अस्पताल का स्वास्थ्य शाखा कार्यालय आयुर्बेद अस्पताललगायका क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुका सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :