स्वास्थ्यसमाचार । अचानक सोमबार राती स्वास्थ्य विग्रिएपछि मंगलवार विहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाईटिसको अपरेसन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका थिए । अस्पतालले एक विज्ञप्ति जारी गर्दै उहाँको अपरेसन सफल भएको जानकारी दिएको छ ।मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जले विज्ञप्ती जारी गर्दै एपेन्डिसाइटिसको अपरेसन सफलतापूर्वक सम्पन्न भएको जनाएको हो । सोमबार राती पेट दुख्ने र पखला लाग्ने समस्याले प्रधानमन्त्री ओलीलाई समस्यामा पारेको थियो ।
मुख्य समाचार
बिरामीमाथि बलात्कार प्रयास गर्ने डा.झा निलम्वित !
स्वास्थ्यसमाचार । बिरामीमाथि बलात्कारको प्रयासको आरोप लागेका डा. रोहितकुमार झा निलम्बित भएका छन्। धेरै गुनासो आएपछि आइतबार नै डा. झालाई निलम्बन गरेको मेडिसिटी अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। डा.झाले दुई महिना अघिबाट मात्र अस्पतालमा काम शुरु गरेका थिए। उपचारका लागि आएकी एक युवतीमाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उपचारका लागि आइतबार अस्पताल गएकी ती युवतीले आफूमाथि डा. झाले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले झालाई पक्राउ गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको समस्या, अप्रेशनको तयारी
स्वास्थ्यसमाचार । सोमबार रातभरी पेट दुखेर पखाला लागेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएको छ । एपेन्डिसाइटिसको समस्या देखा परेका उनलाई अहिले अप्रेशनको तयारी चलिरहेको अस्पताल स्रोतले जानकारी गराएको छ । यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।
प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्। सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई मंगलबार बिहानै अस्पताल लगिएको हो। थापाले भने ‘अहिले अस्पतालमै हुनुहुन्छ, नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो।यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।
लुम्बिनी प्रादेशिक अस्पतालको विकासमा अबरोध नपुराउन डा खनालको आग्रह
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको संरचनागत विकास निर्माण कार्यमा अवरोध पुग्ने गरी कुनै कार्य नगर्न अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनालले आग्रह गरेका छन् । मेसु डा. खनालले १ सय ९ वर्षको इतिहास बोकेको अस्पतालको सेवा र सुविधा तथा भौतिक संरचनाको अवस्थालाई हेर्दा संरचना अवश्यक रहेको बताए । उनले सेवाग्राहीहरुको मन जित्ने तथा सन्तोषजनक सेवासमेत नभएको प्रति संवेदनशील बनेर सोच्न व्यवसायीहरुलाई आग्रह गरे । बुटवलको एक कार्यक्रममा बोल्दै डा. खनालले नेपालको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार जरुरी रहेको बताए । उनले लुम्बिनी प्रादेशिक अस्पताललाई योजनाबद्ध स्तरवृद्धि गर्न नसके आम नागरिकले आवश्यक स्वास्थ्य…
बलात्कार गरेको आरोपमा मेडिसिटीका डाक्टर झा प्रकाउ
स्वास्थ्यसमाचार /ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् । उनलाई अस्पतालमा उपचार गर्न आएकी महिलामाथि जबरजस्ती करणीको बलात्कारको गर्न खोजेको अभियोगमा प्रहरीले प्रकाउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी टेकबहादुर राईले झालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको राई बताउँछन् । पक्राउ परेका झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको राईले दिए ।हेल्थपोष्टबाट
सबै स्वास्थ्यकेन्द्रमा ल्याब र डाक्टर राख्ने ब्यबस्था मिलाउछु :-मन्त्री बराल
स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको क्षेत्र नं १ अन्र्तगत रहेको शान्तिपुर स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुचारु भएको छ ।एक कार्यक्रममा बिच प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले आज एमबिबिएस डाक्टर सहितको विशेषज्ञ सेवाको उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्यमा विशेषज्ञ सेवा शहरमा मात्र केन्द्रित रहेकोले सबै स्वास्थ्य केन्द्रमा बिस्तार गर्ने बताए ।चिकित्सक शहरमुखी हुदा गाउँका जनताले महगो स्वास्थ्य सेवा लिन बध्य भएको बताए। मन्त्री बरालले सबै स्वास्थ्यचौकीमा ल्याब अनिर्बाय गराउने र एक जना विशेषज्ञ चिकित्सक लाई सेवा दिन राख्ने ब्यबस्था मिलाउने बताए। स्वास्थ्य सेवा गरिब दुखिको पहुच भन्दा…
तिलोत्तमाका गर्भवती महिलालाई निःशुल्क क्यालसियम
स्वास्थ्यसमाचार ९ मंसिर / रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्यालसियम निःशुल्क उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४ औं बैठकले स्वास्थ्य संस्थामार्फत् क्यालसियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्यालसियम खानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्यालसियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ । नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्यालसियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको…
अस्पतालको न्यूनतम आवश्यकता पूरा गर्न प्रदेश सरकार लागेको छ : मन्त्री बराल
स्वास्थ्यसमाचार /भीम अस्पतालमा आकस्मिक भवनको शिलान्यास गरिएको छ। लिलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा भीम अस्पताल विकास समिति भैरहवाले दुई तले अत्याधुनिक आकस्मिक भवन निर्माणका लागि शिलन्यास गरेको हो। भवनको प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपाने तथा अध्यक्ष शोभाखर न्यौपानेले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा शिलन्यास गरेका हुन्। प्रमुख अतिथी सामाजिक विकासमन्त्री बरालले तीन तहको सरकारको सहकार्यले सरकारी अस्पतालमा उपचार सम्भव रहेको बताए। सबै अस्पतालको न्यूनतम आवश्यकतालाई पूरा गर्न प्रदेश सरकार लागेको बताउँदै गरिबदेखि उच्च तहका जनताका लागि सरकारी अस्पतालमा आउन सक्ने र उपचार गराई विरामीहरुको मनोबल बढाउने…
जटिल प्रकृतीका रोगको उपचार जिल्लामै :मुख्यमन्त्री पोखरेल
स्वास्थ्यसमाचार / प्रदेश नं५को रुकुम(पूर्व)मा जिल्ला अस्पताल उद्धघाटन भएको छ।अस्पतालको प्रदेश ५कामुख्य मन्त्री शंकर पोखरेले उद्धघाटन् गरे । उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अव रुकुम पूर्वका स्थानीय स्वाथ्य सेवाबाट बन्चित नहुने बताए।जिल्ला बासी समान्य उपचारको लागि बाहिर जिल्लामा जाने गरेको बताउदै उनले अवका दिनमा जिल्लामा नै जटिल प्रकृतीको रोगको उपचार पाउने वताए । जनताले स्वास्थ्य सेवा शुलभ र सहज रुपमा लिन सकुन भनि सरकारले स्वास्थ्य बिमाको अवधारण ल्याएकोले अव स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य सेवामा शुलव र सहज रुपमा स्वास्थ्य सेवा पाउने वताए । मुख्यमन्त्री पोखरेले जिल्लालाई अग्रानिक जिल्ला बनाएर…