गुल्मी जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन र बिशेषज्ञसहित स्तरोन्नति हुने

स्वास्थ्यसमाचार/गुल्मी जिल्ला अस्पताल सुविधा सम्पन्न हुने भएको छ। लामो समयदेखि भौतिक संरचनाको अभाव खेप्दै आएको जिल्ला अस्पताल राष्ट्रिय पुनरनिर्माण प्राधिकरणबाट ५५ करोड बढि बजेट बिनियोजन भएसंगै सुविधा सम्पन्न अस्पताल बन्ने भएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण पराजुलीले गुल्मी अस्पताल निर्माणको लागि राष्ट्रिय पुनरनिर्माण प्राधिकरणबाट ५५ करोड बढि बजेट बिनियोजन भएको बताए । पराजुलीले भने अब बन्ने अस्पताल साढे छ तल्लाको हुनेछ।अहिले न्युनतम मापदण्ड निर्धारण प्रतिवेदन पनि प्राप्त भएकाले कार्तिकभर सवै प्रक्रिया पुरा गरेर मंसिरमा टेण्डरको गर्ने बताए ।

गुल्मी अस्पताल ०७१ सालमा ५० शैयामा स्तरबृद्धि भएको हो । तर भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन् । अब सवै प्रकारको बिशेषज्ञसहितको सेवा प्रबाह गर्ने गरि अस्पताल निर्माण हुने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले अस्पताल निर्माण स्थल र डिपिआर रिर्पोटको पुन अध्ययन गरेका छन् । उनले अब स्तरिय स्वास्थ्य सेवाको अभावमा पाल्पा र बुटवल पुग्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

स्रोत र साधन नभएका कारण गुणस्तरिय स्वास्थ्य सेवा नपाएका नागरिकको समस्या समाधानकै लागि निकै संघर्ष गरेर अस्पताल निर्माणको योजना समावेश गरिएको बताए । बिष्टले भने बजेटको सहि कार्यान्वयन भए गुल्मेली जनता पैसा बोकेर उपचारको लागि अन्यत्र जानु नपर्ने बताए

अस्पतालमा दुई वटा अप्रेशन कक्ष हुनेछन् । भने आइसियु, सर्जिकल, मेडिकल, चिल्डेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्था सहितको हुने गुल्मी जिल्ला अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए ।नयाँ भब नबनेपछि प्रसुति, नाक, कान, घाँटी र हाडजोर्नी लगायतका रोगको बिशेषज्ञसहितको सेवा बिस्तार हुने डा पच्याले वताए ।

सम्बन्धित शिर्षक :