नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ।

महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।

उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम दिन सुरु गरिएको बताए ।

समयमै पाठेघरको मुखको क्यान्सर थाहपाए उपचार गर्न सकिन्छ र यसको जानकारी भए रोकथाम गर्ने सकिन्छ भन्ने जानकारी आबश्यक भएको बताए ।उनले सबै स्वास्थ्य कर्मिहरुलाई गाउँ देखी सहर सम्म जनचेतना जगाउनु आबश्यक रहेको बताएका छन ।उनले बिकसित देसमा भन्दा अल्पबिकसित देसमा योरोग बढदै गएको बताए।

निर्देशक श्रेष्ठले क्यान्सर लाग्दैमा मरिहाल्ने भ्रम स्वास्थ्य कर्मिलाई समेत रहेको बताउदै बेलैमा उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश फैलाउन स्वास्थ्यकर्मिलाई आग्रह गरे ।निर्देशक श्रेष्ठले प्रदेशमा अहिले पनि जनशक्ती अभाब रहेको बताए ।

तालिम उदघाटन समारोहमा बिपी कोईराला क्यान्सर अस्पतालका जनस्वास्थ्य शाखा प्रमुख भोला शिवाकोटीले सरुवा रोग नियन्तण हुदै गएको भएपनि नसर्ने रोगबढदै गएको बताएका छन । उनले नेपालमा क्यान्सरका रोगीहरुमध्ये फोक्सोका पहिलो दोश्रो पाठेघरका र तेश्रो स्तन क्यान्सर बिरामी रहेको बताएका छन ।नेपालमा १३ प्रतिशत महिलालाई पाठेघरको समस्या रहेको बताएका छन ।

उनले पाठेघरको क्यानसर पत्तालगाउन महगो नभएको र कमखचिलोमा सकिने भएकोले सबैलाई चेतना फैलाउनु आबश्यक रहेको बताए । स्वास्थ्य तालिम केन्द्रका स्वास्थ्य शिक्षा अधिकृृत अरुण ज्ञाबलीले महिलाहरुको पाठेघरको क्यान्सर बढदो क्रममा रहेकोले रोगथाम र उपचारको लागी तालिम आयोजना गरिएको बताए ।

तालिममा गुल्मी अर्घाखाची पाल्पा पुर्बिरुकुम कपिलबस्तु नबलपरासी बर्दिया वाँके दाङ लगाय जिल्लाका नर्सिङ कर्मचारीहरु सहभागी रहेको कार्यक्रमको संञ्चालन स्वास्थ्य तालिम केन्द्र बुटबलका स्वास्थ्य शिक्षा अधिकृत भुबन कुबँर ले गरेका थिए ।

सम्बन्धित शिर्षक :