मानसिक स्वास्थ्यप्रति समाजले हेर्ने दृष्टिकोण अझै नकरात्मक :मन्त्री बराल

स्वास्थ्यसमाचार/ मानसिक स्वास्थ्य समस्याप्रति समाजको दृष्टिकोण अझै नकरात्मक रहेको प्रदेश ५का सामाजीक बिकासमन्त्री सुदर्शन बरालले बताए । स्वास्थ्यतालिम केन्द्र बुटवलको आयोजनामा ६ दिने मानसिक स्वास्थ्यसम्वधी तालिम उद्घाटन गर्दे बरालले उक्त कुरा बताएका हुन ।

मन्त्री बरालले प्रदेश ५ सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउदै यस प्रति जनचेतना फैलाउने ,प्रदेशका अस्पतालहरुमा रोगीको उपचारको ब्यबस्था मिलाउने लगायतका काम अघिबढाएको बताए ।

मन्त्रीबरालले समाजमा गलत धारणा अन्धविश्वास कायम रहनु लगायका कारणले मानसिक समस्या बढदै भनाई थियो। उनले विश्वभरमा नै मानसिक समस्या ठूलो चुनौतिको रुपमा देखापरेको बताउदै जनचेतना फैलाउनु सबैभन्दा उपलब्धीपुर्ण हुने बताए ।

प्युठान पाल्पा र दाड जिल्लाका मेडिकल अधिकृत र स्वास्थ्य संस्थाका एचए सहभागी तालिममा मानसिक रोग विशेषज्ञ डा सुरज तिबारीले नेपालमा ५० लाख भन्दा बढी नेपालीहरु कुनैन कुनै किसिमको मानसिक समस्याबाट प्रभावित भएको बताए ।

डा तिबारीले हरेक बर्ष ५ हजार बढीको मृत्यु आत्म हत्याबाट हुने गरेको बताए । उनले मानसिक स्वास्थ्य समस्या दिनानुदिन बढदै गएको भन्दै साना व्यक्तिमा हरेक ५ मा एक र ठुलो व्यक्ति हरेक ४ मा एक जना मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको बताए ।

स्वास्थ्य तालिमकेन्द्र प्रदेश ५का निर्देशक महेश्रर श्रेष्ठले मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भए गरेका उपलब्धी, समस्या एवं चुनौतीका विषयमा छलफल गर्र्ने, कुनै लाई यो समस्या देखीए के कारण हो कारण खोज्नु पर्ने बताए ।निर्देशक श्रेष्ठले प्रदेशका ३ जिल्लाका स्वाथ्यकर्मिलाई मानसिक रोग समन्धी तालिम दिएको भएपनि अरु जिल्लामा पनि क्रमस तालिम दिदै लैजाने बताए ।

तालिम उदघाटन समारोहको संञ्चालन स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुबन कुबर ले गरेका थिए ।

सम्बन्धित शिर्षक :