लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा भट्टराई र सदस्यमा श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार /लुम्विनी प्रादेशिक अस्पताल बुटबलकोे अध्यक्ष र सदस्यमा दुई जनालाई नियुक्त गरिएको छ ।

प्रदेश ५ को मन्त्रीपरिषदको सोमबार बसेको बैठकले अध्यक्षमा पाल्पा मदन पोखराका सूर्य बहादुर भट्टराईलाई नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भट्टराईलाई अध्यक्ष र बुटबलकी रिज्जु श्रेष्ठलाई सदस्यमा नियुक्त गरिएको बताए ।

भटराई रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजका अध्यक्ष हुन् भने श्रेष्ठ समाजसेवी हुन् । त्यस्तै रोल्पा अस्पतालको अध्यक्षमा फणिन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई नियुक्त गरिएको छ ।1

 

सम्बन्धित शिर्षक :