हिमचुली सहकारीको सुत्केरीलाई ५ हजार सहित पोषण राहत

स्वास्थ्यसमाचार/ हिमचुली बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुमा सुत्केरी हुने सदस्यलाई ५ हजार सहित पोषण सामाग्री बितरण गर्ने निणर्य गरेको छ। संस्थामा आवद्ध शेयर सदस्यहरुलाई २ पटक सम्म सुत्केरी राहत प्रदान गरिने निर्णय भएको संस्थाका उपाध्यक्ष बेचन प्रसाद गुप्ताले बताए ।

सुत्केरी राहत मात्र नभई प्रत्येक शेयर सदस्यहरुको जिवन बीमा, मेडिकल बीमा, दुर्घटना बीमा समेत गराइएको अध्यक्ष गुप्ताले बताए । बिहिबार एक कार्यक्रमको बिच संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले शेयर सदस्य स्वस्तिका भण्डारीलाई सुत्केरी राहत उपलब्ध गराएको छ।

सुत्केरी भण्डारीलाई ५ हजारको चेक सहित आमालाई पोषण युक्त सामाग्री तथा नवजात शिशुलाई कपडा बितरण गरेको हो ।अध्यक्ष कर्णले थोरै भए यो राहतले सुत्केरी हुने महिलालाई प्रोत्साहन गर्ने बताए । उनले सुख र दुखमो साथ छ भन्ने महशुश गराउन यो कार्यक्रम ल्याईएको बताए ।

भैरहवामा मूख्य कार्यालय रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान, फलफुल बितरण, निशुल्क पानी बितरण लगायतका सामाजिक उत्तरदायित्वका काम गर्दै आएको छ ।

सम्बन्धित शिर्षक :