पाँचौ योग दिबसको पुर्ब सन्ध्यामा मायादेवि गाउँपालिकामा अन्तरक्रिर्या

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबि गाउँपालिकामा पाँचौ योग दिबसको सन्र्दभमा योग,यसले मानब स्वास्थ्यमा पर्ने प्रभाब र योगको महत्वका बिषयमा अन्तरक्रिर्या कार्यक्रम भएको छ ।

सामाजिक बिकास बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले बोल्दै सर्ने रोग भन्दा नसर्ने रोगको महामारी बढदै भएको ले मानिसको दैनीक जिबनमा योग अति आबश्यक रहेको बताए ।उनले नसर्ने रोगको लागी योग अत्यन्तै उपयोगी हुने बताए ।

 

गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमम गाउँपालिका आयुर्वेद शाखा प्रमुख कबिराज निरीक्षक धुर्ब भन्डारीले कार्यपत्र प्रस्तुत गर्दे योगको ऐतिहासिक महत्व दैनीक योगअभ्यासबाट मानब स्वास्थ्यमा पर्ने प्रभाब र योगको चर्चा गरेका थिए ।

कार्यपत्रमाथि शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने आयुर्बेद चिकित्समा निहीत योगले शरिर स्वास्थ्य मनमा शान्ति आत्मसन्तुष्टी हुने हुदा यसलाई अपनाउन सके स्वास्थ्य समाज निमार्णमा महत्वपुर्ण योगदान रहने बताए ।

वडा अध्यक्ष चोक बहादुर थापा समाजसेबी श्रीराम यादब भाग्यमान मर्हजन लगायले बोल्दै योगलाई सबै बडामा बिस्तार गर्दे लगे स्वास्थ्य समाजमा महत्वपुर्ण हुने बताए ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले संञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद ढुगानाले स्वागत मन्तब्य राखेका थिए ।

सम्बन्धित शिर्षक :