बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माण हुने

स्वास्थ्यसमाचार /रुपन्देहीको बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माणमा आर्थिक संकलन गर्ने उद्धेश्य सहित रोटरी क्लव अफ बुटवल चौतारीले रोटरी म्युजिकल नाइटको आयोजना गरेको छ ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी तीब्र पारिएको रोटरी क्लबअफ बुटवल चौतारीका अध्यक्ष बिष्णु प्रसाद घिमिरेले बताए ।

माघ १८ गते बेलुका बुटवलको सिद्धार्थ कटेजमा कार्यक्रम हुनेछ ।सो कार्यक्रममा सांगितिक क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सुगम पोख्रेल, रामजी खाँड, पशुपति शर्मा, अन्जली अधिकारी , प्रचण्ड जि।सी, राज केसी को बेजोड प्रस्तुती रहने जनाइएको छ ।

जोडीका लागि प्रति टिकट रु२ हजार ५ सय र एक जनाका लागि १ हजार ५ सय टीकट दर कायम गरिएको छ ।कार्यक्रममा सहभागिलाइ स्न्याक्स र डीनरको पनि ब्यबस्था गरिएको छ । २० लाख खर्च अनुमान गरिएको कार्यक्रममा बाट २७ लाख संकलनको अपेक्षा गरिएको छ ।

नेपालमै पहिलो पटक सामुदायिक दन्त अस्पताल निर्माण गरिने सो अस्पतालाइ सामाजिक क्षेत्रका बिभिन्न संघसंस्थाको सहयोग र सहकार्य हुने र आगामी दशैंका बेला शुभारम्भ गरिने छ । अस्पतालका लागि दीर्घ कालिन योजनाका साथ रोटरी इन्टरनेशनलको पनि प्राबिधिक र मेसीन उपकरणको सहयोग रहने छ ।

क्लबले अस्पताल निर्माणको अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने छ भने सहयोग संकलन र त्यसलाई पारदर्शी बनाउने काममा आफुहरु केन्द्रित रहेको रोटरी क्लव अफ बुटवल चौतारीका सचिव सन्तोष केसीले बताए । रोटरी क्लबअफ बुटवल चौतारी रोटरी इन्टरनेशनल, रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान यहि बर्ष बुटवलमा स्थापित क्लब हो ।

सम्बन्धित शिर्षक :