प्रदेशमा पहिलो जनस्वास्थ्य प्रयोगशाला ५ नं प्रदेशमा शुभारम्भ

स्वास्थ्यसमाचार/ प्रदेश ५मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना भएको छ । प्रयोगशालाको एक कार्यक्रमका विच सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

सोअबसरमा वोल्दै जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए ।उनले वजारमा स्वास्थ्य प्रयोगशालाहरुविच अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै स्वास्थ्य क्षेत्रको लागि त्यो उचित नहुने बताए ।

अस्वस्थ्य प्रतिस्पर्धा भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्न र दिर्घकालिन सोचाई राख्न प्रयोगशाला संचालकहरुलाई आग्रह गरे । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माणको लागी जग्गाको खोजी भईरहेको बताउदै स्थानीय तहसंग सहकार्य गरेर अघि वढ्ने बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव डा गोपिकृष्ण खनालले स्वास्थ्य सेवालाई तिन तहको सरकार छुट्टा छुट्टै संचालन गर्ने भन्दा पनि एकिकृत भएर लैजान सकेमात्र सेवा प्रभावकारी हुन सक्ने बताए ।

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले प्रदेश स्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको बताउदै उपयुक्त स्थानमा प्रयोगशाला निर्माणमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

जन स्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले अहिले १२ जनाको दरवन्दी रहेको जानकारी दिदै प्रयोगशालाको लागी स्याम्पल लिन शुरु गरिने बताए । प्रदेश स्तरीय प्रयोगशालाले कार्यादेश पश्चात प्रदेशमा प्रयोगशाला संचालनको अनुमति प्रदान गर्ने नियमन गर्ने तथा ल्याब टेष्टको कार्य गर्ने डा गिरीले बताए ।

उदघाटन कार्यक्रममा प्रदेश ५का स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :