नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको संख्या ८३ प्रतिशत

स्वास्थ्यसमाचार/ जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीले सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ। सर्ने रोग र नसर्ने रोगको विषयमा पत्रकारहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन ।

कार्यक्रममा रायपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा पालत गिरीले अहिले सर्ने भन्दा नसर्ने रोगकाबाट बढि मानिसको मृत्यु भएको बताएका छन ।उनले ८३ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको बताएका छन । धुम्रापान मध्यपान अस्वस्थ्यकर खानपान शारिरीक निस्कृयताको कारण नसर्नेरोग तत्काल नदेखीएपनि मानिसलाई अन्तिम अबस्थामा दुख दिने बताए ।सचेत अपनाउनेहो भने नसर्नेरोगको जोखीम कमगराउन सकिने डा गिरीले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारीले ५६ औ विश्व कुष्ठरोग दिवसको वारेका जानकारी गराउदै रुपन्देहीमा कुष्ठरोगीको संख्या अबस्था र पत्ता लाग्ने दरको बारे जानकारी गराए। अधिकारीले जिल्लामा १ बर्षमा कुल १ सय ५२ जना नयाँ कुष्ठरोगीहरु भेटिएको बताउदै आर्थिक बर्ष २०७५ ७६ मा उपचारमा ९९ जना विरामीहरु उपचार रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतमले संञ्चारक्षेत्रको माध्यमबाट सचेत गराउदै आएको र निरन्तरता दिदै जाने बताईन ।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले नसर्ने रोग स्वास्थ्यको मुख्य चुनौति भएको बताए। एक दशक सम्म सर्नेरोग समस्याको रुपमा रहेकोमा अहिले नसर्ने रोग रुपबदले जस्तो भएको बताए।

डा गिरीले भने नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको संख्या ८३ प्रतिशत रहेको छ भने १७ प्रतिशत सर्ने रोगबाट मानिसको मृत्यु हुने बताए ।धुम्रापान मध्यपान अस्वस्थ्यकर खानपान र दैनीक ब्यायम गर्नेहो भने नसर्ने रोगबाट बच्नसकिने डा गिरीले बताए ।

सम्बन्धित शिर्षक :