बुटबलमा पनि मनाईयो ५८औँ नर्सिङ दिवस [फोटो फिचर]

स्वास्थ्यसमाचार/ गुणस्तरीय नर्सिङ सेवा जेष्ठ नागरिको स्वास्थ्यमा टेवा भन्ने नाराका साथ नेपाल नर्सिङ संघ बुटबल ईकाई तथा सम्पुर्ण नर्सिङ कर्मचारी लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले ५८औँ नर्सिङ दिवस मनाएका छन ।

नेपाल नर्सिङ संघ बुटबल ईकाइ अध्यक्ष कुमारी हरी केसीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मे सु डा राजेन्द्र खनालले नर्सिङ संघको लागी छुटै अफिस बनाउन पहल गर्ने वताए। डा खनालले नर्सहरुले ओभर टाईम गरेवापत भत्ता दिने ब्यबस्थाको लागी अस्पतालमा पहल गर्ने बताए ।

 

 

 

कार्यक्रममा अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले अस्पतालमा गुणस्तरिय सेवा दिनका लागी नर्सहरुलाई नयाँ तालिम र पुराना भएका लाई रिफ्रेसर तालिम दिनुपर्ने बताईन । पौडेलले नर्सिङ पेशा चुनौती बन्दै गएको बताउदै नर्सहरुले मुस्कान सहितको सेवा दिनुपर्ने ।

कार्यक्रममा नर्सिङ अधिकृत कान्ति पान्डेले नानको बारेमा नर्सिङ अधिकृत श्रृष्टि कोईरालाले नाराका बारेमा र दिक्षा रिजाल र जमुना पन्थीले गितको माध्यमबाट मनोरञ्जन गराएका थिए ।

 

नेपाल नर्सिङ संघ बुटबल ईकाई समितिका कोषाध्यक्ष लक्ष्मी गैरेको स्वागत संघका सचिब बिष्णु पन्थीको संञ्चालनमा ५८औँ नर्सिङ दिवस मनाईएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :