२४ हप्तामा जन्मिएका समरले अस्पतालमै मनाए पहिलो जन्मदिन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४ हप्तामा जन्मिएका कपिलवस्तुका समर पन्थीले अस्पतालमै पहिलो जन्मदिन मनाएका छन्। गत वर्ष माघ १० गते ७ सय ७५ ग्रामको तौलसहित समर २४ हप्तामै जन्मिएका थिए।

कपिलवस्तु वाणगंगा नगरपालिका वडा नंं ८ चप्परगाउँकी २३ वर्षीया विमला पन्थी र ३० वर्षीय केशव पन्थीको पहिलो सन्तानको रूपमा जन्मिएका समर सामान्य प्रक्रियाबाटै जन्मिए पनि उनलाई बचाउन भने एक सय पाँच दिन अस्पतालमै राखिएको थियो।

अस्पतालमा नियमित गर्भजाँचको क्रममा पाठेघरको पानी कम देखिएको र २४ हप्तामै प्रसूति बेथा लागेपछि विमलाले अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी थिइन्। लुम्बिनी प्रादेशिक अस्पतालका बाल विशेषज्ञ डा. नेत्र बहादुर रानासँग नियमित परामर्श र सल्लाहमा स्याहारसुसार र खानपान गराउँदै जाँदा अहिले समर सामान्य बच्चाकै रूपमा विकास भइरहेका छन्।

 

अस्पतालमा जन्म दिन मनाउदा डा रानाले भने काठमान्डौबाट दिने सेवा यहि अस्पतालबाट दिएका छौ। हामीले अझै एनआईसियु लाई थप उपकरण सहित सेवा बिस्तार गर्ने तयारीमा रहेको र अस्पताल संग माग गरेको बताए ।यति कम तौल भएको बच्चा जन्मेको नेपालमै पहिलो भएको डा रानाको भनाई छ ।डा रानाले भने अरु बच्चा र यो बच्चामा कुनै कुरामा भिन्नता छैन सबै कुरामा सक्षम रहेको छ।

 

बच्चाका बाबु केशव पन्थीले पहिलो जन्मदिन मनाउँदै गर्दा समरको तौल साढे सात किलोग्राम पुगे बताएका छन्। जबकी समय पूरा भइ जन्मिएको सामान्य बच्चा पनि एक वर्षको उमेरमा ७र८ किलो तौलको हुने गर्छ।समरको तौलसँगै समय पुगेर जन्मिएको बच्चा जस्तै हिँडुल गर्ने र चलाख रहेको बाबु केशवले बताए।यति कम तौलको बच्चा जन्मिएर सफल उपचार भई सामान्य बच्चा सरह वृद्धि विकास भएको पहिलो घटना भएको अस्पतालको दाबी छ। त्यही खुसियालीमा अस्पतालको एनआइसियूले समरको पहिलो जन्मदिन समेत अस्पतालमै मनाइदिएको बताए ।

शरीरमा छाला समेत राम्ररी नबसिसकेको अवस्थामा जन्मिएको छोरालाई स्याहारसुसार र उपचार गरी सामान्य बच्चा सरह र्पुयाइदिएकोमा पन्थीले अस्पताल परिवारलाई धन्यवाद दिए।‘हामीले त बचाउन सकिन्छ भनेर आशा मारिसकेका थियौं, डा. नेत्र राना लगायतको टिमले साढे तीन महिनासम्म अस्पतालमा राखेर स्याहारसुसार उपचार गरी छोरालाई बचाइदिनुभयो पन्थीले भने।

समरको पहिलो जन्मदिन अस्पतालमाको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका निमित्त मेसु डा श्रीधर आर्चायले भने अस्पतालमा यो उदाहरणिय काम भएको छ।अरुलाई पनि यो शिक्षा भएको छ ।डा आर्चायले भने अस्पताल यस्ताकुरामा संबेदन शिल भएर लागेको बताए ।

अस्पतालका नर्सिङ ईन्र्चाज ज्योति पौडेलले भनिन अत्यन्त कम तौलमा जन्मिएका समरलाई ९१ दिन एनआइसियू र १२ दिन बाल विभागमा राखी उपचार तथा स्याहारसुसार गरेपछि एक किलो आठ सय ५० ग्राम तौल पुगेपछि घर पठाइएको हो । समरको बाहिर निजी अस्पतालमा उपचार गरेको भए १८ देखी २० लाख आर्थिक भार थपिने थियो तर अस्पतालमा सबै निशुल्क भएपछि उपचारमा कुनै शुल्क नलागेको पौडेलले बताईन ।

त्योसँगै एनआइसियु भर्ना भएका नवजात शिशुका आमालाई समेत अस्पतालमै भर्ना गरेर बस्नको लागि बेडको व्यवस्था गरिएको बताईन ।नेपाल सरकारले २८ दिन भित्र जन्मिएका शिशुहरूको उपचार निस्शुल्क गरेपछि अस्पतालमा यस्ता शिशुको उपचार निस्शुल्क हुने गरेको पौडेलको भनाई थियो ।चार वर्ष पहिले स्थापना भएको एनआइसियुमा ८ वटा बेड रहेका छन्।

 

 

वर्षैभरि सबैजसो बेड प्याक भइरहने भए पनि असामान्य अवस्थामा रहेका शिशुलाई भने अस्पतालले प्राथमिकता दिने गरेको वाल रोग बिभाग प्रमुख डा नेत्र रानाले बताए ।सरकारले २०३० सम्म नवजात शिशुको मृत्युदर १८ बाट झारी १४ मा र्पुयाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुरूप आफ्नो सेवाप्रवाहलाई स्तरीय बनाउँदै लगिएको लुम्बिनी प्रादेशीक अस्पतालले जनाएको छ।

जन्मको दिनको अबसरमा सम्मान

कमतौल जन्मीएका समरलाई बचाउन मिहनेत गरेको भन्दै परिबारले सम्मान गरेका छन। सम्मान हुनेमा लुम्बिनी प्रादेशीक अस्पताल निमित्त प्रमुख डा श्रीधर आर्चाय बाल रोग बिभाग प्रमुख डा नेत्र राना, वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा बिवी राउत, नर्सिङ ईन्र्चाज ज्योति पौडेल, बच्चाबडा ईन्र्चाज कुमारी हरि केसी र मोहन बासखोर बिक्की बासखोर लाई सम्मान गरिएको हो ।

 

सम्मान कार्यक्रममा अस्पतालका निमित्तमेसु डा श्रीधर आर्चाय, बाल रोग प्रमुख डा नेत्र राना, नर्सिङ ईन्र्चाज ज्योति पौडेल,जमुना पन्थी नर्सिङ निरीक्षक अस्पतालका सामाजीक शाखा प्रमुख दयासागर पन्थी र समरको परिबारको तर्फबाट दामोदर पन्थीबोलेका थिए ।

एनआईसियुमा रहेका बच्चामा आमालाई हर्लिक्स

समरका बाबुआमले एनआईसियुमा राखेर उपचार भैरहेका बच्चाका आमालाई हर्लिक्स उपहार दिएका छन ।

 

जन्मदिनमनाई रहदा आफु अस्पतालमाको बेडमा र छोराअस्पतालको एनआईसियु राखी उपचार गराएको स्मरण गराउदै उनीहरुलाई हर्लिक्स उपहार दिएको समरका बाबुले बताए ।समरको परिबारले अस्पतालमै केककाटे र लामोसमय सम्म अस्पतालमा रहदाको दुखलाई खुसीयालीका साथ सबै स्टापलाई जम्मा गरि मनाए ।

सम्बन्धित शिर्षक :