आरडिटी चेक नेगेटिभ देखिए घर पोजिटिभ देखिए आइसोलेसनमा

भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु

स्वास्थ्यसमाचार/ विगत २५ दिनदेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु लाईे आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजिटिभ देखिए आइसोलेसनमा राखी थप उपचारको गरिने भएको छ ।

भारतको विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरु लकडाउन अवधिमै कोरोना भाइरसको त्रासको कारण नेपाल आउन खोजेको कारण उनीहरुलाई भारतको नौतनवामा रहेको विभिन्न तीन स्थानमा क्वारेन्टाइनमा राखिएको थियो ।

पहिलो चरणमा १ सय जनालाई भारतबाट नेपाल भित्र्याइएको छ । प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले ३ चरणमा गरी उनीहरुलाई नेपाल भित्र्याइने बताए ।नेपाल भित्रिएकाहरुको आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजिटिभ देखिए यतै आइसोलेसनमा राखी थप उपचारको व्यवस्था गरिएको पान्डेले बताए ।

 


भारतमा रहेका नेपालीहरुलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने भनिएको थियो । १४ दिनकोे अवधि पुगे पनि उनीहरुलाई नेपाल आउन नदिएपछि नेपालीहरु आक्रोशित भएको थिए । दुई देशको जिल्ला प्रमुखहरु तथा प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयको समन्वयमा नेपालीहरु नेपाल फर्किएका हुन् ।

 


नेपाल फर्केका नेपालीलाई लिन सम्बन्धित स्थानीय तहहरुले सवारीसाधनको व्यवस्थापन गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्क बहादुर खत्रीले बताए । सवारी व्यवस्थापन हुन नसकेको हकमा भने यतै क्वारेन्टाईनमा राखेर स्थिति सहज भएपछि पठाउने खत्रीले जानकारी दिए । भारतमा रहेका नेपालीहरु नेपाल फर्किए पनि नेपालतर्फ रहेका भारतीय नागरिकहरुबारे अझै पनि केही निर्णय हुन सकेको छैन ।

 

 

सम्बन्धित शिर्षक :