बहु विशेषज्ञ सेवा प्रदान गर्दै सिद्धबाबा अस्पताल तेश्रो बर्षमा

स्वास्थ्यसमाचार/ स्वास्थ्यसमाचार स्वास्थ्य क्षेत्रमा हवको रुपमा बिकसित हुदै गएको बुटबलमा संञ्चालन भएको सिद्धबाबा अस्पताल तेश्रो बर्षमा प्रवेश गरेको छ ।

दुई वर्ष अघि युवा चिकित्सकहरुको लगानीमा स्थापना गरिएको अस्पतालमा अहिले विभिन्न सेवाहरु थपगर्दे दोश्रो बर्षपार गरि तेश्रो बर्षमा प्रबेश गरेको हो ।
सिद्धबाबा अस्पताल सञ्चालक समितका अध्यक्ष तथा मिर्गौलारोग विशेषज्ञ डा शक्ति बस्नेतका अनुसार अस्पतालमा अहिले मिर्गौला रोगीका लागि डायलिसिस लगायत विभिन्न सेवाहरु उपलव्ध रहेको बताएका छन ।

डा बस्नेतले भने लकडाउनको समयमा समेत मिर्गौलाका विरामीहरुलाई नियमित सेवा प्रदान गरेका छौ ।मुलुकमा विद्यमान लकडाउनका कारण सामान्य पुजापाठ गरि वार्सिकोत्सव मनाइएको अस्पतालले बस्नेतले बताए । साथै अस्पतालले आफ्नो वार्षिकोत्सवको उपलक्षयमा सम्पूर्ण विरामी तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेको छ ।

अस्पतालमा अहिले बहु विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको अस्पतालमा ओपिडी, २४ सै घण्टा इमरर्जेन्सी, फार्मेसी, प्याथोलोजी, प्रसुती सेवा, आईसियू, सिसियु, सुविधा सम्पन्न एसी सहितको जनरल वार्डलगायत अन्य सेवा सुविधा रहेका डा बस्नेतले बताए ।

सिद्धबाबा अस्पतालले गरिब, असहाय, अशक्त तथा मध्यम वर्गिय स्तरको जनसमुदायलाई विशेष सुविधा प्रदान गर्दै आएको र बेला बेलमा प्रदेश ५का बिभिन्न ठाउमा गएर शिबिर संञ्चालन देखी निशुल्क औषधी उपचार गरेको बताए ।

शिद्धवावा अस्पतालका सेवाहरु

• मुटु रोग (कार्डियोलजी)
• मृगौला रोग (नेफरोलोजी)
• मस्तिष्क र स्नायु रोग (न्यूरोलोजी)
• दम, छाती तथा फोक्सो रोग (पुलमोलोजी)
• स्त्री रोग तथा प्रसुति सेवा
• रेडियोलजी
• जनरल मेडिसिन  फिजिसियन

लगायतका सेवाहरु दिदै आएको छ ।

सम्बन्धित शिर्षक :