जुम्ल्याहाले बनाएको गो कोरोना रोबोट मन्त्री लाई हस्तान्तरण

युवाहरुको नयां–नयां खोज र अनुसन्धानलाई मन्त्रालयले सधै हौषला प्रदान गर्ने

स्वास्थ्यसमाचार/रोबोटको अनुसन्धान र निर्माण गर्दे आएका बुटवलका जुम्लीहा दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोवोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

आईसोलेशन अस्पतालमा भर्ना भएका कोभिड १९ का संक्रमित विरामीहरुको हेरचाह गर्ने उदेश्यले निर्माण गरेको उक्त रोवोर्ट लवकुस पन्थीले सामाजिक विकास मन्त्री सुदर्शन वराललाई शनिवार हस्तान्तरण गरे ।

सफ्वेयर र एप वाहेक रोवोट निर्माणको लागि झण्डै ७० हजार रुपैया खर्च भएको कुश पन्थीले वताए । कोरोना भाइसरको संक्रमणको महामारी शुरु भएपछि अस्पतालमा नर्सको काम रोवोटले गर्न सक्छ भन्ने सोचले रोवोट वनाएको लव पन्थीले वताए ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले लवकुशको कोरोना रोवोट बनाउने सोच नै समयसापेक्ष र नया सोच भएको बताउदै यसको विकासले नर्सले काममा सघाउने विश्वास वताए । उनले भने –लवकुश दाजुभाईको क्रियसन निकै लाभदायिक लाग्यो मन्त्रालयले उहांहरुलाई हौषला दिएको छ दिन्छ ।’

लककुशको प्रस्तावलाई स्वीकार गरी मन्त्रालयले रोवोट निर्माणको सम्पुर्ण खर्च वेहोर्ने भएको छ । मन्त्री वरालले युवाहरुको नयां–नयां खोज र अनुसन्धानलाई मन्त्रालयले सधै हौषला प्रदान गर्ने वताए ।

सम्बन्धित शिर्षक :