कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको मृत्युको कारण कोरोना : स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/ नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । धुलिखेल अस्पतामा रहेकी २९ वर्षीया कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको अस्पतालले जनाएको छ ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएकी ती महिला १० दिनकी सुत्केरी थिइन् । काठमाडौं शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केपछि बिरामी भएर तीनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी पश्चातपनि उनको रगत बग्ने समस्या,श्वासप्रश्वासमा समस्या, एक्स रे गर्दा छातीमा निमोनिया देखिएको अस्पताल स्रोतले बताएको छ ।

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा उनको थ्रोट स्वाबको परीक्षण गरिएको र आजमात्रै पीसीआरमा उनको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका एक जना डाक्टरले नाम नखुलाउने शर्तमा बताए ।

उनले धुलिखेल अस्पतालमा ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भएपनि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना जाँचका लागि पठाइएको बताए । साथै कोरोना संक्रमितको जानकारी स्वास्थ्य मन्त्रालयले नै दिने भएकाले यो विषयमा आधिकारिक जानकारी मन्त्रालयले नै सार्वजनिक गर्ने पनि बताए ।

 

सम्बन्धित शिर्षक :