नेपालमै पहिलो पटक शिक्षकमा देखीयो कोरोना संक्रमण

जन्डीसले थलिएर आएका उनलाई १ गते आईसियुमा राखेर उपचार २ गते पिसीआर परिक्षण

स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा उपचाररत एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीको मदाने गाउंपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि मणिग्राम स्थीत क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

उनको भेन्टीलेटरको सहयतामा उपचार भई रहेको छ ।उनि अहिलेपनि सोहि अस्पतालको आईसियूमा भर्ना भई उपचार गराईरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले वताए ।

४१ वर्षिय उनि सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहि गएको नभएपनि लक्षण हेर्दा कोरोनासंग मिल्दो पाईएपछि अस्पतालबाटै जेठ २ गते स्वाव संकलन गरि परिक्षणको लागि लगिएको शाहले बताए ।

उनको ट्राभल हिस्ट्रि कतै बाहिर गएको पाईएको छैन, उनकै विद्यालयमा क्वारेन्टाईन संञ्चालन गरिएकोले सोहि क्वारेन्टाईनबाट पनि संक्रमण भएको हो की भन्न सकिन्छ शाहले भने ।

अस्पतालको आईसियूमा भर्ना भएको कारण उनको उपचार त्यहि हुन्छ वा अन्यन्त्र लगिन्छ भन्ने विषयमा छलफल भइरहेको शाहले जानकारीदिए ।अस्पताल श्रोतका अनुुसार उनीमा कोरोनामात्र नभएर अरुपनि देखिएको अस्पतालले जनाएको छ ।अस्पताल अहिले सिल गरिएको छ ।

अस्पतालमा रहेका बिरामीलाई बुटबलको कोरोना अस्पतालमा लाने तयारी भैरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :