कपिलवस्तुमा थप तीनमा कोरोना संक्रमित प्रदेश ५मा १०९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २७६ महिला ५४ पुरुष २२२

स्वास्थ्यसमाचार/ कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

जिल्लाको शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।प्रदेश ५मा कोरोना संक्रमितको संख्या १सय ९ पुग्यो ।

सम्बन्धित शिर्षक :