बुटबलको कोरोना अस्पतालबाट ४ जना निको भएर घर फर्किए

स्वास्थ्यसमाचार / बुटवलको कोरोना विशेष अस्पतालबाट ४जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।  निको भएका उनीहरू मध्ये ३ जना कपिलवस्तुका र १ जना रुपन्देहीको सियारी गाउँपालिका हुुन्।

अस्पताल भर्ना गरिएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए। निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएको डा खनालले बताए ।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा र कपिलबस्तुका १० जना निको भएर घर गइसकेको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले वताए । लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए।

सम्बन्धित शिर्षक :