स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट

स्वास्थ्यकर्मीको ५ लाखको निशुल्क बीमा

स्वास्थ्यसमाचार/आगामी वर्षको बजेट सार्वजनिक भएको छ । यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्दि गरेको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरे। । आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ ।

कोरोना भाइरस रोग रोकथामका लागि ६ अर्ब रकम बिनियोजन गरिएको छ । रोगको उपचार र नियनत्रणमा विशेष प्राथमिकता दिदै स्वास्थ्यमा बजेट ल्याइएको छ । यस्तै नयाँ अस्पताल निर्माणका लागि १४ अर्ब २७ छुट्याइएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । काठमाडौंमा ३ सय सैयाको सरुवा रोग अस्पताल निर्माण हुनेछ । आयुर्वेद क्षेत्रको विकास गरिनेछ । निरोगी नेपालको अभियान सुरु गरिनेछ । दुर्गममा टेलिमिडिसिन सेवा विस्तार गर्ने छ ।

कोरोना भाइरस रोगको उपचारमा खटिने कर्मचारीलाई निशुल्क स्वास्थ्य बीमा गरिने बजेट भाषणमा उल्लेख गर्नुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाईने छ । तीन वर्ष भित्र सबै नागरिकलाई बीमाको दायरामा ल्याइनेछ । स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रुपिया छुट्याइएको छ ।

कान्ति बाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रूपमा विकास गरिनेछ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिनेछ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवालाई थप विशिष्टीकृत गरिनेछ ।कोरोना भाइरस रोगको उपचारमा खटिने स्वास्थ्यकर्मीको ५ लाखको निशुल्क बीमा गरिने डा खतिवडाले बताए ।

१, कोभिड—१९ मा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको ५ लाखको बिमा, कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब

२, काठमाडौंमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल खोल्न १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

३, उपत्यकाका ठूला अस्पतालमा २ सय ५० बेड आईसीयुसहितका थप गर्नको लागि १२ अर्ब ४६ करोड विनियोजन

४ ,‘एक चिकित्सक एक स्वास्थ्य संस्था’सहित स्थानीय तहमा चिकित्सक कार्यक्रम प्रभावकारी बनाउन ५ अर्ब

५, राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्ने

६, कान्ति बाल अस्पतालमा थप आईसीयु बनाइने

७ ,निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यस्वस्था

८, विपद्का बेला निजी क्षेत्रका अस्पतालालाई उपयोगमा ल्याउन सकिने व्यवस्था

९, निरोगी नेपाल अभियान चलाइने १०। राष्ट्रिय रोग निदान केन्द्रको स्थापना गर्ने

११, कोरोना उपचारका लागि तत्काल चाहिने औषधी उपकरणका लागि ६ अर्ब

१२, स्वास्थ्य पूर्वाधार विकास गर्न १२ अर्ब ४० करोड

१३ ,केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्क

१४, आगामी वर्ष नेपाल पूर्ण खोपमुक्त घोषणा गर्ने

१५ ,तीन वर्षदेखि सबैको स्वास्थ्य विमा र सबै स्थानीय तहलाई ४० प्रतिशत विमाको दायरामा ल्याउन ७ अर्ब

१६ ,स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड

१७, प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने

१८, सबै प्रदेशमा आधुनिक प्रयोगशाला

सम्बन्धित शिर्षक :